झमक घिमिरे

Jhamak_ghimire

पुरस्कार मदन पुरस्कार २०६७
जन्म मिति वि.सं. २०३७
पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूल
परिचय
झमक घिमिरेको जन्म वि.स. २०३७ साल असार २१ गते शुक्रबार पिता कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका सुपुत्रीका रूपमा धनकुटा नगरपालिका वार्ड नं. ३, कचिडेमा भएको हो। संवत् २०६८ साल आश्विन १२ गते आयोजित समारोहमा उनीलाई ‘जीवन काँडा कि फूल’ (आत्मजीवनीपरक निबन्ध) कृतिका लागि ‘मदन पुरस्कार २०६७’ बाट सम्मानित गरिएको थियो। मदन पुरस्कार प्राप्त गर्ने उनी दोस्रो नेपाली महिला हुन्।

नरबहादुर साउद

Narbahadur-Saud

पुरस्कार मदन पुरस्कार २०६६
जन्म मिति वि.सं. २०१९
पुरस्कार प्राप्त कृति नेपालका बालीनाली र तिनको दिगो खेती
परिचय
नरबहादुर साउँदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो।

युवराज नयाँघरे

Yuvaraj_Nayaghare

पुरस्कार मदन पुरस्कार २०६५
जन्म मिति वि.सं. २०२६
पुरस्कार प्राप्त कृति एक हातको ताली
परिचय
युवराज नयाँघरेको जन्म २०२६ साल असोज १९ गते इलाममा भएको हो। संवत् २०६६ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘एक हातको ताली’ निबन्ध संग्रहका लागि ‘मदन पुरस्कार २०६५’ बाट सम्मानित गरिएको थियो।

जगदीश घिमिरे

Jagdish-ghimire

पुरस्कार मदन पुरस्कार २०६४
जन्म मिति वि.सं. २००२—२०७०
पुरस्कार प्राप्त कृति अन्तर्मनको यात्रा
परिचय
जगदीश घिमिरेको जन्म वि.स. २००२ साल चैत्र २८ गते रामेछाप जिल्लाको मन्थली भन्ने गाउँमा भएको हो। ‘माइलोमा’ भन्ने रक्त क्यान्सरका कारण ६८ बर्षको उमेरमा २०७० कार्तिक १४ गते उनको निधन भयो। संवत् २०६५ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘अन्तर्मनको यात्रा’ नामक आत्मकथा कृतिको लागि ‘मदन पुरस्कार २०६४’ बाट सम्मानित गरिएको थियो।

महेशविक्रम शाह

Mahesh-bikram-shah

पुरस्कार मदन पुरस्कार २०६३
जन्म मिति वि.सं. २०२२
पुरस्कार प्राप्त कृति छापामारको छोरो
परिचय
महेशविक्रम शाह २०२२ साल भदौ १५ गते वैद्यनाथ, अछाममा जन्मिएका हुन्। संवत् २०६४ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘छापामारको छोरो’ भन्ने ग्रन्थका लागि ‘मदन पुरस्कार २०६३’ बाट सम्मानित गरिएको थियो।

कृष्ण धरावासी

Krishna-Dharabasi

पुरस्कार मदन पुरस्कार २०६२
जन्म मिति वि.सं. २०१७
पुरस्कार प्राप्त कृति राधा
परिचय
कृष्ण धरावासीको जन्म २०१७ साल श्रावण २ गते पिता टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका जेष्ठ सुपुत्रका रूपमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खासनाम कृष्णप्रसाद भट्टराई हो। संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘राधा’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६२’ बाट सम्मानित गरिएको थियो।

नारायण वाग्ले

narayan

पुरस्कार मदन पुरस्कार २०६१
जन्म मिति वि.सं. २०२५
पुरस्कार प्राप्त कृति पल्पसा क्याफे
परिचय
नारायण वाग्लेको जन्म धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा वि.सं. २०२५ साल असार ४ गते भएको थियो। संवत् २०६२ साल आश्विन १९ गते आयोजित समारोहमा उनलाई ‘पल्पसा क्याफे’ नामक उपन्यास ग्रन्थको लागि ‘मदन पुरस्कार २०६१’ बाट सम्मानित गरिएको थियो।

गोपाल पराजुली

gopal

पुरस्कार मदन पुरस्कार २०६०
जन्म मिति वि.सं. २००४
पुरस्कार प्राप्त कृति नयाँ ईश्वरको घोषणा
परिचय
गोपाल पराजुलीको जन्म बाबु जीवनाथ पराजुली र आमा थिर कुमारीका सुपुत्रका रूपमा वि.सं. २००४ साल पुस २ गते बुधबारका दिन कोटेश्वर, काठमाडौंमा भएको हो। उनको पूरा नाम गोपालप्रसाद पराजुली हो। संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘नयाँ ईश्वरको घोषणा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६०’ बाट सम्मानित गरिएको थियो।

रेवतीरमण खनाल

पुरस्कार  मदन पुरस्कार २०५९
जन्म मिति वि.सं. १९९२
पुरस्कार प्राप्त कृति नेपाली कानूनको ऐतिहासिक रूपरेखा
परिचय
रेवतीरमणको जन्म वि.सं. १९९२ साल आषाढ २५ गते बाबु गोबर्द्धन खनाल र आमा यशोदादेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी, आमडाँडामा भएको हो। संवत् २०६० साल आश्विन ११ गते आयोजित समारोहमा उनलाई ‘नेपाली कानूनको ऐतिहासिक रूपरेखा’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०५९’ बाट सम्मानित गरिएको थियो।

हरिराम जोशी

hariram

पुरस्कार मदन पुरस्कार २०५८
जन्म मिति वि.सं. १९९२
पुरस्कार प्राप्त कृति अभिनव संस्कृति कोष
परिचय
हरिराम जोशी टङ्गाल, ललितपुरमा वि.सं. १९९२ साल फागुन २६ गते जन्मेका हुन्। उनको बाबुको नाम भारथराम जोशी हो भने उनको आमाको नाम यमकुमारी हो। संवत् २०५९ साल आश्विन २२ गते आयोजित समारोहमा उनलाई ‘अभिनव संस्कृति कोष’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०५८’ बाट सम्मानित गरिएको थियो।