बुद्धिनारायण श्रेष्ठ

buddhinarayan

पुरस्कार मदन पुरस्कार २०५७
जन्म मिति वि.सं. १९९८
पुरस्कार प्राप्त कृति नेपालको सिमाना
परिचय
बुद्धिनारायण श्रेष्ठको जन्म बाबु हस्तबहादुर श्रेष्ठ र आमा लिलीका सुपुत्रका रूपमा वि.सं. १९९८ वैशाख १७ गतेका दिन रामबजार, ओखलढुङ्गामा भएको हो। संवत् २०५८ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘नेपालको सिमाना’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५७’ बाट सम्मानित गरिएको थियो।

दिनेश अधिकारी

dinesh

पुरस्कार मदन पुरस्कार २०५६
जन्म मिति वि.सं. २०१६
पुरस्कार प्राप्त कृति अतिरिक्त अभिलेख
परिचय
दिनेश अधिकारीको जन्म बाबु नन्दनहरि अधिकारी र आमा शारदादेवीका सुपुत्रका रूपमा वि.सं. २०१६ साल मङ्सिर २२ गते सोमबारका दिन बानेश्वर, काठमाडौँमा भएको हो। उनको खास नाम दिनेशहरि अधिकारी हो। संवत् २०५७ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘अतिरिक्त अभिलेख’ कविता सङ्ग्रहको लागि ‘मदन पुरस्कार २०५६’ बाट सम्मानित गरिएको थियो।

केशवप्रसाद उपाध्याय

keshav

पुरस्कार मदन पुरस्कार २०५५
जन्म मिति वि.सं. १९९०
पुरस्कार प्राप्त कृति दुःखान्त नाटकको सृजना परम्परा
परिचय
डा. केशवप्रसाद उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘दुःखान्त नाटकको सृजना परम्परा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०५५’ बाट सम्मानित गरिएको थियो।

लोकेन्द्रबहादुर चन्द

lokendra

पुरस्कार मदन पुरस्कार २०५४
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति विसर्जन
परिचय
लोकेन्द्रबहादुर चन्दको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडीमा भएको हो। संवत् २०५५ साल आश्विन ३१ गते आयोजित समारोहमा उनलाई ‘विसर्जन’ (कथासङ्ग्रह) नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५४’ बाट सम्मानित गरिएको थियो।

दयाराम श्रेष्ठ

dayaram

पुरस्कार मदन पुरस्कार २०५३
जन्म मिति वि.सं. २०००
पुरस्कार प्राप्त कृति नेपाली राष्ट्रिय झण्डा
परिचय
डा. दयाराम श्रेष्ठको जन्म बाबु सूर्यबहादुर श्रेष्ठ तथा आमा नयनकुमारीका सुपुत्रका रूपमा वि.सं. २००० साल भदौमा सिरान बजार, धनकुटामा भएको हो। उनको साहित्यिक नाम दयाराम श्रेष्ठ सम्भव हो। संवत् २०५४ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘नेपालको राष्ट्रिय झण्डा’ नामक शोधग्रन्थका लागि ‘मदन पुरस्कार २०५३’ बाट सम्मानित गरिएको थियो।

विनोदप्रसाद धिताल

binodprasad

पुरस्कार मदन पुरस्कार २०५२
जन्म मिति वि.सं. १९८०—२०६४
पुरस्कार प्राप्त कृति योजनगन्धा
परिचय
विनोदप्रसाद धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘योजनगन्धा’ नामक पौराणिक उपन्यास ग्रन्थका लागि ‘मदन पुरस्कार २०५२’ बाट सम्मानित गरिएको थियो।

फादर विलियम बर्क

williem

पुरस्कार मदन पुरस्कार २०५१
जन्म मिति वि.सं. १९८२—२०७६
पुरस्कार प्राप्त कृति सही शब्द
परिचय
फादर विलियम बर्क क्यानाडामा जन्मेका हुन्। उनले बी. ए., बी. कम त्यहाँको सेन्ट मेरिज विश्वविद्यालयमा र एक वर्षसम्म डल्हौजी विश्व विद्यालयमा कानुनको अध्ययन गरेका थिए। अध्ययन समाप्त भएपछि प्रारम्भमा उनले १२ वर्षजति अध्यापन कार्य गरे। सुरुमा हिन्दी माध्यमको विद्यालयमा अध्यापन गरे भने पछि ८० को दशकमा अर्थात् सन् १९८१ मा प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस उच्च विद्यालय, दार्जिलिङको प्राधानाध्यापक पनि बने। संवत् २०५२ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘सही शब्द’ नामक नेपाली ग्रन्थको लागि ‘मदन पुरस्कार २०५१’ बाट सम्मानित गरिएको थियो।

शरद्चन्द्र शर्मा भट्टराई

saradchandra

पुरस्कार मदन पुरस्कार २०५०
जन्म मिति वि.सं. १९८७—२०५९
पुरस्कार प्राप्त कृति माध्यमिक नेपाली गद्याख्यान
परिचय
शरद्चन्द्र शर्मा भट्टराईको जन्म वि.सं. १९८७ साल कार्तिक ८ गते गैह्रीधारा, काठमाडौंमा भएको हो। २०५९ साल असोज २६ गतेका दिन उनको निधन भयो। संवत् २०५१ साल आश्विन २२ गते आयोजित समारोहमा उनलाई ‘माध्यमिक नेपाली गद्याख्यान’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५०’ बाट सम्मानित गरिएको थियो।

भवेश्वर पंगेनी

bhaveshwor

पुरस्कार मदन पुरस्कार २०४९
जन्म मिति वि.सं. २०१२
पुरस्कार प्राप्त कृति पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७)
परिचय
डा. भवेश्वर पंगेनीको जन्म बाबु पं. मेदिनीबल्लभ पंगेनी र आमा बेलकुमारीका सुपुत्रका रूपमा वि.सं. २०१२ साल भदौ २७ गते बिहीबारको दिन मदनपोखरा गाउँ विकास समिति, पाल्पा जिल्लामा भएको हो। संवत् २०५० साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७)’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०४९’ बाट सम्मानित गरिएको थियो।

सरूभक्त

sarubhakta

पुरस्कार मदन पुरस्कार २०४८
जन्म मिति वि.सं. २०१२
पुरस्कार प्राप्त कृति पागलबस्ती
परिचय
सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बाबु गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। संवत् २०४९ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘पागलबस्ती’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०४८’ बाट सम्मानित गरिएको थियो।