२०७८।०७।२४।४ को पुरस्कार समर्पण समारोहमा भैरवबहादुर थापा "जगदम्बा-श्री २०७७" तथा 'लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)' ग्रन्थका लागि भगिराज इङ्नाम "मदन पुरस्कार २०७७" द्वारा सम्मानित भएका थिए।

मदन पुरस्कार
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। मदन पुरस्कार स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो।

मदन पुरस्कार गुठी
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो।

जगदम्बा-श्री
जगदम्बा-श्री नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान पुरस्कार हो। गुठीका संस्थापिका स्व. रानी जगदम्बाकुमारी देवीको स्मृतिमा २०४५ सालमा यो सम्मान पुरस्कार स्थापना भएको हो।
मदन पुरस्कारबाट सम्मानित कृतिहरू
