भगिराज इङ्नाम

पुरस्कार मदन पुरस्कार २०७७
पुरस्कार प्राप्त कृति लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)
परिचय
संवत् २०७८ साल कार्तिक २४ गते आयोजित समारोहमा श्री भगिराज इङ्नामज्यूलाई ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)’ ग्रन्थका लागि मदन पुरस्कार २०७७ बाट सम्मानित गरिएको थियो।

चन्द्रप्रकाश बानियाँ

पुरस्कार मदन पुरस्कार २०७६
पुरस्कार प्राप्त कृति महारानी
परिचय
संवत् २०७७ साल कार्तिक २ गते आयोजित समारोहमा चन्द्रप्रकाश बानियाँलाई ‘महारानी’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०७६’ बाट सम्मानित गरिएको थियो।

योगेश राज

पुरस्कार मदन पुरस्कार २०७५
पुरस्कार प्राप्त कृति रणहार
परिचय
संवत् २०७६ साल आश्विन ३ गते आयोजित समारोहमा योगेश राजलाई ‘रणहार’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०७५’ बाट सम्मानित गरिएको थियो।

निलम कार्की ‘निहारिका’

पुरस्कार मदन पुरस्कार २०७४
पुरस्कार प्राप्त कृति योगमाया
परिचय
संवत् २०७५ साल आश्विन २५ गते आयोजित समारोहमा निलम कार्की ‘निहारिका’लाई ‘योगमाया’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७४’ बाट सम्मानित गरिएको थियो।

घनश्याम कँडेल

Ghanashyam Kandel

पुरस्कार मदन पुरस्कार २०७३
पुरस्कार प्राप्त कृति धृतराष्ट्र
परिचय
कवि घनश्याम कँडेलले ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०), ‘विश्वामित्र-मेनका’ (२०६६), ‘धृतराष्ट्र’ (२०७३) जस्ता खण्डकाव्यहरू प्रकाशन गरेका छन्। संवत् २०७४ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘धृतराष्ट्र’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७३’ बाट सम्मानित गरिएको थियो।

रामलाल जोशी

ram-lal-joshi

पुरस्कार मदन पुरस्कार २०७२
पुरस्कार प्राप्त कृति ऐना
परिचय
रामलाल जोशी कैलालीको धनगढी निवासी नेपाली भाषाका साहित्यकार हुन्। संवत् २०७३ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘ऐना’ भन्ने कथासंग्रह ग्रन्थको लागि ‘मदन पुरस्कार २०७२’ बाट सम्मानित गरिएको थियो।

विजय कुमार

Vijay Kumar

पुरस्कार मदन पुरस्कार २०७१
पुरस्कार प्राप्त कृति खुसी
परिचय
विजयकुमार पाण्डेको जन्म सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकोको बैतडी जिल्लामा भएको हो। संवत् २०७२ साल मंसिर १२ गते आयोजित समारोहमा उनलाई ‘खुसी’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७१’ बाट सम्मानित गरिएको थियो।

राधा पौडेल

Radha-Poudel

पुरस्कार मदन पुरस्कार २०७०
जन्म मिति वि.सं. २०३०
पुरस्कार प्राप्त कृति खलंगामा हमला : एउटी नर्सको डायरी
परिचय
राधा पौडेल (जन्म: वि.सं. २०३०) नेपालकी एक महिला साहित्यकार हुन्। संवत् २०७१ साल आश्विन १० गते आयोजित समारोहमा उनीलाई ‘खलंगामा हमला : एउटी नर्सको डायरी’ कृतिको लागि  ‘मदन पुरस्कार २०७०’ बाट सम्मानित गरिएको थियो।

राजन मुकारुङ

Rajan-Mukarung

पुरस्कार मदन पुरस्कार २०६९
जन्म मिति वि.सं. २०३१
पुरस्कार प्राप्त कृति दमिनी भीर
परिचय
राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुरको दिल्पा, नागी (हाल, टेम्केमैयुङ गाउँपालिका–४) मा जन्मेका मुकारुङका हेत्छाकुप्पा उपन्यास, दमिनी भीर उपन्यास आदि कृति प्रकाशित भएका छन्। संवत् २०७० साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘दमिनी भीर’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६९’ बाट सम्मानित गरिएको थियो।

अमर न्यौपाने

Amar-Neupane

पुरस्कार मदन पुरस्कार २०६८
जन्म मिति वि.सं. २०३४
पुरस्कार प्राप्त कृति सेतो धरती
परिचय
अमर न्यौपानेको जन्म २०३४ साल चैतमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा चितवनको रंगीला (हाल, पटिहानी–७ व्रम्हपुरी, चितवन) भन्ने ठाउँमा भएको हो। संवत् २०६९ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘सेतो धरती’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६८’ बाट सम्मानित गरिएको थियो।