
पुरस्कार घोषणा
वि.सं. २०७७ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा
वि.सं. २०७६ को ‘जगदम्बा-श्री’ तथा ‘मदन पुरस्कार’ को घोषणा

वि.सं. २०७५ को जगदम्बा-श्री तथा मदन पुरस्कार को घोषणा
वि.सं. २०७४ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
वि.सं. २०७३ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
वि.सं. २०७२ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
वि.सं. २०७१ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
वि.सं. २०७० को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
यही भदौ २९ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०७० सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ। सोही साधारण सभाले २०७० सालको पुरस्कार जगदम्बा-श्री ” नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहे बापत्” श्री शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गर्यो।
त्यसैगरी २०७० सालको मदन पुरस्कार “खलङ्गामा हमला- एउटी नर्सको डायरी” का लागि श्री राधा पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँका सम्झना स्वरूप पुरस्कार जगदम्बा-श्री थप गरेको हो। हाल दुवै पुरस्कार २/२ लाख रूपैयाँका छन्।
यी पुरस्कारहरु अब आउँदो नौरथामा वितरण गरिनेछन्।
मदन पुरस्कार गुठी यस समाचारलाई यथाशीघ्र प्रचार-प्रसार गरियोस् भन्ने हार्दिक अपिल गर्दछ।