दुर्गालाल श्रेष्ठ

पुरस्कार जगदम्बा-श्री २०६७
जन्म मिति वि.सं. १९९४?
परिचय
दुर्गालाल श्रेष्ठ कविता, गीत र बालसाहित्यका साथै नेपाल भाषाको प्रवर्द्धनमा समेत सकृय छन्। गत छ दशकदेखि आफ्नो मातृभाषा तथा नेपाली भाषामा अत्यन्त सुमधुर गीत, कविता, काव्य तथा बालसाहित्य लेखी नेपाली वाङ्मयलाई समृद्ध तुल्याउने कार्य गरिरहे बापत  संवत् २०६८ साल आश्विन १२ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६७’ बाट सम्मानित गरिएको थियो।

राजेन्द्र विमल

पुरस्कार जगदम्बा-श्री २०६६
जन्म मिति वि.सं. २००३?
परिचय
डा. राजेन्द्र विमलको जन्म सन् १९४७ मार्च २६ देवीचोक, जनकपुरमा भएको हो। डा. विमल वि.सं. २०२९ सालदेखि अटुट रूपमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापन गर्दै आएका छन्। गत चार दशकदेखि मिथिला क्षेत्रमा मैथिली भाषी विद्यार्थीहरूलाई नेपाली भाषामा शिक्षित गराउनुका साथै नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरी नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याउने काम समेत गरिरहे बापत  संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६६’ बाट सम्मानित गरिएको थियो।

रामशरण दर्नाल

पुरस्कार जगदम्बा-श्री २०६५
जन्म मिति वि.सं. १९९४
परिचय
रामशरण दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते पिता सत्यकुमार दर्नाल र माता दिलकुमारी दर्नालका सुपुत्रका रूपमा धोबीचौर, काठमाडौंमा भएको हो। लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन्। लोकसङ्गीत र बाजाको सङ्कलन, अध्ययन अनुसन्धान तथा लेखनका माध्यमबाट गत तीन दशकदेखि अनवरत रूपमा कार्यरत रही नेपाली भाषाको श्रीवृद्धिमा योगदान गरिरहे बापत  संवत् २०६६ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६५’ बाट सम्मानित गरिएको थियो।

कृष्णप्रसाद पराजुली

पुरस्कार जगदम्बा-श्री २०६४
जन्म मिति वि.सं. १९९२—२०७०
परिचय
कृष्णप्रसाद पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गते काभ्रेपलाञ्चोकको भ्रमरकोटमा भएको हो। उनले साहित्यरत्न पूरा गरेका थिए र लामो समय प्राध्यापन गरेका थिए। उनको वि.सं. २०७० चैत्र २० गते ७९ बर्षको उमेरमा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भयो। व्याकरण, गीत, कविता, बालसाहित्य तथा संस्कृति लगायत विविध विधामा अनेकानेक ग्रन्थको सिर्जना गरी नेपाली भाषा वाङ्मयको सेवा गरिरहे बापत  संवत् २०६५ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६४’ बाट सम्मानित गरिएको थियो।

तीर्थबहादुर श्रेष्ठ

पुरस्कार जगदम्बा-श्री २०६३
जन्म मिति वि.सं. १९९४?
परिचय
नेपालीहरूलाई विज्ञानको ज्ञान गराउने कार्यमा संलग्न भई दशकौंदेखि उत्कृष्टताका साथ नेपाली भाषाको सेवामा निरन्तर लागिरहे बापत  संवत् २०६४ साल आश्विन २६ गते आयोजित समारोहमा तीर्थबहादुर श्रेष्ठलाई ‘जगदम्बा-श्री २०६३’ बाट सम्मानित गरिएको थियो।

भैरव रिसाल

पुरस्कार जगदम्बा-श्री २०६२
जन्म मिति वि.सं. १९८५
परिचय
भैरव रिसालको जन्म वि.सं. १९८५ सालमा भक्तपुरको गुण्डु गाविसमा भएको थियो। उनी नेपालमा वातावरण पत्रकारिताको अग्रज अभियानकर्ता हुन्। गत आधा शताब्दीदेखि नेपाली छापा तथा विद्युतीय माध्यममा संलग्न रही नेपाली पत्रकारिता तथा भाषाको विकासमा उल्लेखनीय योगदान गरे बापत  संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६२’ बाट सम्मानित गरिएको थियो।

फणिन्द्रराज खेताला

phanindra

पुरस्कार जगदम्बा-श्री २०६१
जन्म मिति वि.सं. १९७९—२०६७
परिचय
फणीन्द्रराज खेतालाको जन्म बाबु भुवनराज शर्मा र आमा दिव्यकुमारीका सुपुत्रका रूपमा विस १९७९ साल असोज १३ गते शुक्रवारका दिन ठमेल, सल्लाघारी काठमाडौंमा भएको हो। मूत्रनलीको संक्रमणबाट पीडित उनको २०६७ माघमा निधन भयो। आधा शताब्दीभन्दा अघिदेखि नेपाली भाषा शिक्षणमा अनवरत रूपमा साहित्य सेवामा लागी नेपाली भाषामा उल्लेख्य योगदान गरिरहेबापत  संवत् २०६२ साल आश्विन १८ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६१’ बाट सम्मानित गरिएको थियो।

अलि मियाँ

alimiya

पुरस्कार जगदम्बा-श्री २०६०
जन्म मिति वि.सं. १९७५—२०६३
परिचय
अलिमियाँको जन्म वि.सं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँढहर बजार, पोखरा, कास्कीमा भएको हो। उनको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत  संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६०’ बाट सम्मानित गरिएको थियो।

कृष्णप्रकाश श्रेष्ठ

krishnaprakash

पुरस्कार जगदम्बा-श्री २०५९
जन्म मिति वि.सं. १९९५
परिचय
कृष्णप्रकाश श्रेष्ठ वि.सं. १९९५ सालमा बाबु रामबहादुर श्रेष्ठ र आमा तेजकुमारीका सुपुत्रका रूपमा शोणितपुर, थानकोट काठमाडौंमा जन्मेका हुन्। नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचार-प्रसारमा कष्टसाध्य रूपमा संलग्न भई चार दशकअघिदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भइरहे बापत  संवत् २०६० साल आश्विन ११ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५९’ बाट सम्मानित गरिएको थियो।

डायमनशमशेर राणा

diamondsamsher

पुरस्कार जगदम्बा-श्री २०५८
जन्म मिति वि.सं. १९७५—२०६७
परिचय
डायमनशमशेर राणाको जन्म बाबु क. बुद्धशमशेर जबरा र आमा मोहनकुमारीका सुपुत्रका रूपमा १९९५ साल आषाढ २२ गतेका दिन ठुटिपीपल, तानसेन पाल्पामा भएको हो। विगत आधा शताब्दिदेखि नेपाली साहित्यको आराधनामा संलग्न भइ गद्याख्यानद्वारा उल्लेखनीय योगदान गरेबापत  संवत् २०५९ साल आश्विन २२ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५८’ बाट सम्मानित गरिएको थियो।