नेपाली शिक्षा परिषद्

nepalishikchhya

पुरस्कार जगदम्बा-श्री २०५६
स्थापना मिति वि.सं. २००८
परिचय
नेपाली शिक्षा परिषद् वि.सं. २००८ साल साउन ३२ गते काठमाडौंमा राष्ट्रिय संस्थाको रूपमा जनस्तरबाट स्थापित भएको हो। भाषा र साहित्यतर्फ निरन्तर सक्रिय रही विभिन्न संस्थागत क्रियाकलापका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत  संवत् २०५७ साल आश्विन १३ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०५६’ बाट सम्मानित गरिएको थियो।

गोविन्दबहादुर मल्ल ‘गोठाले’

govindabahadur

पुरस्कार जगदम्बा-श्री २०५५
जन्म मिति वि.सं. १९७९—२०६७
परिचय
गोविन्दबहादुर मल्ल ‘गोठाले’को जन्म वि.सं. १९७९ साल अषाढ २९ गते बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमायाको सुपुत्रका रूपमा ओमबहाल, काठमाडौंमा भएको हो। नेपाली भाषा-साहित्यका विविध विधामा खास गरेर कथा, नाटक र उपन्यासमा गत पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत  संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५५’ बाट सम्मानित गरिएको थियो।

अम्बर गुरुङ

ambargurung

पुरस्कार जगदम्बा-श्री २०५४
जन्म मिति वि.सं. १९९४—२०७३
परिचय
अम्बर गुरुङको जन्म बाबु उजिरसिंह गुरुङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा वि.सं. १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा भएको हो। विगत चार देशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत  संवत् २०५५ साल माघ ८ गते आयोजित दोस्रो चरणको समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५४’ बाट सम्मानित गरिएको थियो।

ठाकुरप्रसाद गुरागाईं

thakur

 

पुरस्कार जगदम्बा-श्री २०५३
जन्म मिति वि.सं. २००१
परिचय
ठाकुरप्रसाद गुरागाईंको जन्म २००१ सालमा सैलुङ, चन्द्रकोटे गाउँ, मोगोक, बर्मामा भएको हो। म्यानमारमा बसोबास गर्ने नेपालीमूलका बर्मेलीहरूका माझमा नेपाली भाषाको प्रचार-प्रसार र संवर्ध्दनमा असाधारण योगदान गरी नेपाली भाषालाई जीवित राखेर यसको श्रीवृद्धि गर्नमा समर्पित भएबापत  संवत् २०५४ साल आश्विन २३ गते आयोजित दोस्रो चरणको समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५३’ बाट सम्मानित गरिएको थियो।

हरिप्रसाद ‘गोर्खा’ राई

haribahadur

पुरस्कार जगदम्बा-श्री २०५२
जन्म मिति वि.सं. १९७१—२०६२
परिचय
हरिप्रसाद ‘गोर्खा’ राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्याण्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोबेम्बर १४ मा भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्ध्दनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरेबापत संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५२’ बाट सम्मानित गरिएको थियो।

इन्द्रबहादुर राई

indra

पुरस्कार जगदम्बा-श्री २०५१
जन्म मिति वि.सं. १९८४—२०७४
परिचय
इन्द्रबहादुर राईको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जीलिङ, खर्साङ भारतमा बाबु स्व रणवीर राई र आमा स्व हस्तमाया देवानको सुपुत्रका रूपमा भएको हो। विगत ४५ वर्षदेखि नेपाली साहित्यका साधनामा निरन्तर संलग्न रही कथा, उपन्यास, निबन्ध र समालोचना आदि विविध विधामा नवीन प्रवृत्तीका उत्कृष्ट रचनाहरूद्वारा नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति अतिविशिष्ट योगदान गरेबापत  संवत् २०५२ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५१’ बाट सम्मानित गरिएको थियो।

तारादेवी

taradevi

पुरस्कार जगदम्बा-श्री २०५०
जन्म मिति वि.सं. २००२—२०६२
परिचय
तारादेवी श्रेष्ठको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक काठमाडौंमा भएको थियो। वि.सं. २०६२ सालमा उनको निधन भयो। गत चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप  संवत् २०५१ साल आश्विन २२ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०५०’ बाट सम्मानित गरिएको थियो।

नेपाली साहित्य सम्मेलन, दार्जीलिङ

nepali-sahitya-sammelan

पुरस्कार जगदम्बा-श्री २०४९
स्थापना मिति वि.सं. १९८१
परिचय
नेपाली साहित्य सम्मेलनको स्थापना दार्जीलिङ, भारतमा वि.सं. १९८१ मा भएको हो। स्थापनाकालमा यसको मूल उद्देश्य नेपाली भाषा-साहित्यको सेवा र विकास गर्नु थियो। स्थापनाकाल विक्रम संवत् १९८१ देखि नै नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत  संवत् २०५० साल कार्तिक ४ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०४९’ बाट सम्मानित गरिएको थियो।

केदारमान व्यथित

kedarman

पुरस्कार जगदम्बा-श्री २०४८
जन्म मिति वि.सं. १९७१—२०५५
परिचय
केदारमान व्यथितको जन्म बाबु सूर्यमान श्रेष्ठ र आमा पद्‍मकुमारीका सुपुत्रका रूपमा बाँसबारी, बनाउने पाटी, सिन्धुपाल्चोकमा वि.सं. १९७१ साल कात्तिक महिनामा भएको हो। उनको निधन वि.सं. २०५५ साल भाद्र २५ गतेका दिन भयो। उत्कृष्ट काव्य-कृति र विभिन्न संस्थागत माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति आधा शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा सृजनशील र क्रियाशील रही नेपाली भाषा र साहित्यको प्रतिष्ठा बढाएबापत  संवत् २०४९ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४८’ बाट सम्मानित गरिएको थियो।

नरबहादुर भण्डारी

narabahadur

पुरस्कार जगदम्बा-श्री २०४७
जन्म मिति वि.सं. १९९७—२०७४
परिचय
नरबहादुर भण्डारीको जन्म बाबु बलराम भण्डारी र आमा चन्द्रमाया भण्डारका सुपुत्रका रूपमा सन् १९४० अक्टोबर ५ तारिखका दिन पश्चिम सिक्किम मालबासेमा भएको हो। नेपालबाहिर नेपाली भाषा र साहित्यको समुन्नतिमा व्यक्तिगत तथा संस्थागत स्तरमा असाधारण योगदान गरिरहेबापत  संवत् २०५० साल चैत्र १६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४७’ बाट सम्मानित गरिएको थियो।