| पुरस्कार | जगदम्बा-श्री २०६० |
| जन्म मिति | वि.सं. १९७५—२०६३ |
| परिचय | |
| अलिमियाँको जन्म वि.सं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँढहर बजार, पोखरा, कास्कीमा भएको हो। उनको वि.सं. २०६३ साल साउन १८ गते निधन भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६०’ बाट सम्मानित गरिएको थियो। | |

