कृष्णप्रकाश श्रेष्ठ

krishnaprakash

पुरस्कार जगदम्बा-श्री २०५९
जन्म मिति वि.सं. १९९४
परिचय
कृष्णप्रकाश श्रेष्ठ वि.सं. १९९४ सालमा बाबु रामबहादुर श्रेष्ठ र आमा तेजकुमारीका सुपुत्रका रूपमा शोणितपुर, थानकोट काठमाडौंमा जन्मेका हुन्। नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचार-प्रसारमा कष्टसाध्य रूपमा संलग्न भई चार दशकअघिदेखि नेपाली वाङ्मयको सेवामा समर्पित भइरहे बापत  संवत् २०६० साल आश्विन ११ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५९’ बाट सम्मानित गरिएको थियो।