भैरवबहादुर थापा

पुरस्कार जगदम्बा-श्री २०७७
जन्म मिति वि.सं. १९८९
परिचय
नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा समर्पित रहनुभएकामा श्री भैरवबहादुर थापाज्यूलाई २०७८ साल कार्तिक २४ गते आयोजित समारोहमा जगदम्बा-श्री २०७७ सम्मान पुरस्कार अर्पण गरिएको थियो।

शान्ति ठटाल

पुरस्कार जगदम्बा-श्री २०७६
जन्म मिति वि.सं. १९९५
परिचय
शान्ति ठटाल गायिका र नेपाली फिल्मको पहिलो महिला सङ्गीतकार हुन्। उनीले २०० भन्दा बढी गीतहरूमा सङ्गीत दिएकी छिन्। छ दशकदेखि नेपाली गीत-सङ्गीत क्षेत्रमा समर्पित रही गीत-सङ्गीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएबापत संवत् २०७७ साल कार्तिक २ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०७६’ बाट सम्मानित गरिएको थियो।

बैरागी काइँला

पुरस्कार जगदम्बा-श्री २०७५
जन्म मिति वि.सं. १९९६
परिचय
कवि बैरागी काइँलाज्यू (तील विक्रम नेम्बाङ) तेस्रो आयाम साहित्य अभियानका प्रारम्भकर्ता मध्येका हुन्। उनको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि.सं. १९९६ साउन २५ गतेका दिन भएको थियो। लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन-अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत  संवत् २०७६ साल आश्विन ३ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७५’ बाट सम्मानित गरिएको थियो।

शान्तदास मानन्धर

पुरस्कार जगदम्बा-श्री २०७४
जन्म मिति वि.सं. १९९१
परिचय
शान्तदास मानन्धरको जन्म वि.सं. १९९१ जेठको शुक्ल दशमीमा काठमाडौंको वसन्तपुरमा भएको थियो। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि निरन्तर समर्पित रहेबापत  संवत् २०७५ साल आश्विन २५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७४’ बाट सम्मानित गरिएको थियो।

दुर्गा बराल (वात्स्यायन)

Durga Baral

पुरस्कार जगदम्बा-श्री २०७३
जन्म मिति वि.सं. २०००?
परिचय
वात्स्यायनको उपनाम बाट बिख्यात दुर्गा बराल कार्टुनकलामा लोकप्रिय स्रष्टा हुन्। समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत  संवत् २०७४ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७३’ बाट सम्मानित गरिएको थियो।

लीलबहादुर क्षत्री

lil-bahadur-chettri

पुरस्कार जगदम्बा-श्री २०७२
जन्म मिति वि.सं. १९८९?
परिचय
बसाइँ उपन्यासका कारण चर्चित श्री लीलबहादुर क्षत्रीका ब्रह्मपुत्रका छेउछाउ, तीन दशक, दोबाटो जस्ता १ दर्जन पुस्तकहरू प्रकाशित छन् भने सयौंको संख्यामा वहाँका रचनाहरू नेपाल तथा भारतका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित छन्। ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहेबापत  संवत् २०७३ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७२’ बाट सम्मानित गरिएको थियो।

अङ्गूरबाबा जोशी

पुरस्कार जगदम्बा-श्री २०७१
जन्म मिति वि.सं. १९८९—२०७७
परिचय
अङ्गूरबाबा जोशीको जन्म वि.सं. १९८९ सालमा काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनी नेपाली नारीशिक्षा र उत्थानमा समर्पित रहेर नेपालको राजनीति, समाजसेवा र शिक्षाक्षेत्रमा पनि परिचित व्यक्ति हुन्। नेपालमा नारी शिक्षाको प्रचार-प्रसार एवं प्रवर्द्धनका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर दीर्घसाधना गरी उल्लेख्य योगदान पुर्याइरहे बापत संवत् २०७२ साल मंसिर १२ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०७१’ बाट सम्मानित गरिएको थियो।

शिव रेग्मी

पुरस्कार जगदम्बा-श्री २०७०
जन्म मिति वि.सं. १९९८?—२०७५
परिचय
साहित्यिक पत्रकारिताको अन्वेषण, पत्रपत्रिकाको सङ्कलन, समीक्षा, समालोचना तथा लेखनद्वारा नेपाली भाषाको अविरल सेवा गरिरहे बापत  संवत् २०७१ साल आश्विन १० गते आयोजित समारोहमा शिव रेग्मीलाई ‘जगदम्बा-श्री २०७०’ बाट सम्मानित गरिएको थियो।

रत्नशमशेर थापा

पुरस्कार जगदम्बा-श्री २०६९
जन्म मिति वि.सं. १९९४?—२०७७
परिचय
गत पाँच दशकदेखि नेपाली गीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरिरहे बापत  संवत् २०७० साल आश्विन २० गते आयोजित समारोहमा रत्नशमशेर थापालाई ‘जगदम्बा-श्री २०६९’ बाट सम्मानित गरिएको थियो।

संशोधन मण्डल

पुरस्कार जगदम्बा-श्री २०६८
स्थापना मिति वि.सं. २००९
परिचय
संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो। इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो। गत छ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरूकुलीय संगठित र संस्थागत प्रयासबाट प्रमाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथा प्रचारका लागि ‘पूर्णिमा’ पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवार र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरिरहे बापत  संवत् २०६९ साल आश्विन २१ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०६८’ बाट सम्मानित गरिएको थियो।