गुठीका अध्यक्षद्वारा स्वागत भाषण
डा. ईश्वर बरालको विद्वद्-प्रवचन
२०५१ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘सही शब्द’का स्रस्टा फादर विलियम बर्कको उद्गार
२०५१ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री इन्द्रबहादुर राईको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०५१ |
जन्म मिति | वि.सं. १९८२—२०७६ |
पुरस्कार प्राप्त कृति | सही शब्द |
परिचय | |
फादर विलियम बर्क क्यानाडामा जन्मेका हुन्। उनले बी. ए., बी. कम त्यहाँको सेन्ट मेरिज विश्वविद्यालयमा र एक वर्षसम्म डल्हौजी विश्व विद्यालयमा कानुनको अध्ययन गरेका थिए। अध्ययन समाप्त भएपछि प्रारम्भमा उनले १२ वर्षजति अध्यापन कार्य गरे। सुरुमा हिन्दी माध्यमको विद्यालयमा अध्यापन गरे भने पछि ८० को दशकमा अर्थात् सन् १९८१ मा प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस उच्च विद्यालय, दार्जिलिङको प्राधानाध्यापक पनि बने। संवत् २०५२ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘सही शब्द’ नामक नेपाली ग्रन्थको लागि ‘मदन पुरस्कार २०५१’ बाट सम्मानित गरिएको थियो। |
जगदम्बाश्री पुरस्कार विजेताको परिचय
पुरस्कार | जगदम्बा-श्री २०५१ |
जन्म मिति | वि.सं. १९८४—२०७४ |
परिचय | |
इन्द्रबहादुर राईको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जीलिङ, खर्साङ भारतमा बाबु स्व रणवीर राई र आमा स्व हस्तमाया देवानको सुपुत्रका रूपमा भएको हो। विगत ४५ वर्षदेखि नेपाली साहित्यका साधनामा निरन्तर संलग्न रही कथा, उपन्यास, निबन्ध र समालोचना आदि विविध विधामा नवीन प्रवृत्तीका उत्कृष्ट रचनाहरूद्वारा नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति अतिविशिष्ट योगदान गरेबापत संवत् २०५२ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५१’ बाट सम्मानित गरिएको थियो। |