धर्मराज थापा

dharmaraj

पुरस्कार मदन पुरस्कार २०२५ | जगदम्बा-श्री २०५७
जन्म मिति वि.सं. १९८१—२०७१
पुरस्कार प्राप्त कृति मङ्गली कुसुम
परिचय
जनकवि केशरी धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो। उनको मृत्यु वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वम्भुस्थित आफ्नै निवासमा भएको हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘मङ्गली कुसुम’ नामक ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२५’ बाट सम्मानित गरिएको थियो। साथै श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत  संवत् २०५८ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५७’ पुरस्कारबाट सम्मानित गरिएको थियो।

हरिवंश आचार्य

haribansa

पुरस्कार जगदम्बा-श्री २०४६
जन्म मिति वि.सं. २०१५
परिचय
हरिवंश आचार्यको जन्म २०१५ सालमा गैह्रिधारा, टङ्गाल काठमाडौंमा बाबु होमञ्जय आचार्य र आमा गणेशकुमारीका सुपुत्रका रूपमा भएको हो। श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत  संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४६’ बाट सम्मानित गरिएको थियो।

मदनकृष्ण श्रेष्ठ

madankrishna

पुरस्कार जगदम्बा-श्री २०४६
जन्म मिति वि.सं. २००७
परिचय
मदनकृष्ण श्रेष्ठको जन्म २००७ साल वैशाख ७ गते बाबु रामकृष्ण श्रेष्ठ र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा जितपुर फेदी, काठमाडौंमा भएको हो। श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत  संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४६’ बाट सम्मानित गरिएको थियो।

नारायणगोपाल

narayangopal

पुरस्कार जगदम्बा-श्री २०४५
जन्म मिति वि.सं. १९९८—२०४७
परिचय
नारायणगोपाल गुरूवाचार्यको जन्म बाबु आशागोपाल गुरूवाचार्य र आमा रामदेवीका सुपुत्रका रूपमा वि.स. १९९८ साल असोज महिनामा किलागल, काठमाडौंमा भएको थियो। उनको निधन वि.सं. २०४७ साल मङ्सिर १९ गतेका दिन भएको थियो। तीन दशकभन्दा बढी समयदेखि सङ्गीतको माध्यमबाट नेपाली भाषाका गीतहरूलाई देश तथा विदेशमा समेत लोकप्रिय बनाउनमा उल्लेखनीय योगदान गरेबापत  संवत् २०४६ साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४५’ बाट सम्मानित गरिएको थियो।