| पुरस्कार | जगदम्बा-श्री २०५४ |
| जन्म मिति | वि.सं. १९९४—२०७३ |
| परिचय | |
| अम्बर गुरुङको जन्म बाबु उजिरसिंह गुरुङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा वि.सं. १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा भएको हो। विगत चार देशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत संवत् २०५५ साल माघ ८ गते आयोजित दोस्रो चरणको समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५४’ बाट सम्मानित गरिएको थियो। | |

