ठाकुरप्रसाद गुरागाई

thakur

 

पुरस्कार जगदम्बा-श्री २०५३
जन्म मिति वि.सं. २००१
परिचय
ठाकुरप्रसाद गुरागाईको जन्म २००१ सालमा सैलुङ, चन्द्रकोटे गाउँ, मोगोक, बर्मामा भएको हो। म्यानमारमा बसोबास गर्ने नेपालीमूलका बर्मेलीहरूका माझमा नेपाली भाषाको प्रचार-प्रसार र संवर्ध्दनमा असाधारण योगदान गरी नेपाली भाषालाई जीवित राखेर यसको श्रीवृद्धि गर्नमा समर्पित भएबापत  संवत् २०५४ साल आश्विन २३ गते आयोजित दोस्रो चरणको समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५३’ बाट सम्मानित गरिएको थियो।