भानुभक्त पोखरेल

bhanubhakta

पुरस्कार मदन पुरस्कार २०४७
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति मृत्युञ्जय महाकाव्य
परिचय
भानुभक्त पोखरेल बाबु धनकुमारी पोखरेल र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९३ असोज ८ गते सेलेजु गाउँ, ओयाम गा.वि.स., पाँचथर जिल्लामा जन्मेका हुन्। संवत् २०४८ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘मृत्युञ्जय महाकाव्य’ का लागि ‘मदन पुरस्कार २०४७’ बाट सम्मानित गरिएको थियो।

राजेश गौतम

rajeshgautam

पुरस्कार मदन पुरस्कार २०४६
जन्म मिति वि.सं. २०१६
पुरस्कार प्राप्त कृति नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका
परिचय
डा. राजेश गौतमको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका सुपुत्रका रूपमा वि.सं. २००७ साल आषाढमा ठमेल, काठमाडौँमा भएको हो। संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०४६’ बाट सम्मानित गरिएको थियो।

दौलतविक्रम विष्ट

daulatbikram

पुरस्कार मदन पुरस्कार २०४५
जन्म मिति वि.सं. १९८३—२०५९
पुरस्कार प्राप्त कृति ज्योति ज्योति महाज्योति
परिचय
दौलतविक्रम विष्टको जन्म बाबु सोमराज विष्ट र आमा मानकुमारीका सुपुत्रका रूपमा वि.सं. १९८३ साल असोज प्रतिपदाका दिन भोजपुर बजार, भोजपुरमा भएको थियो। अवकाश लिए। उनको निधन वि.सं. २०५९ साल पुस १३ गतेका दिन काठमाडौंमा भयो। संवत् २०४६ साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘ज्योति ज्योति महाज्योति’ नामक उपन्यास विधाको ग्रन्थको लागि ‘मदन पुरस्कार २०४५’ बाट सम्मानित गरिएको थियो।

राजेश्वर देवकोटा

rajeshowar

पुरस्कार  मदन पुरस्कार २०४४
जन्म मिति वि.सं. १९८६—२०७२
पुरस्कार प्राप्त कृति उत्सर्ग प्रेम
परिचय
राजेश्वर देवकोटाको जन्म पण्डित गाउँ लिगलिग, गोरखामा बाबु हरिभक्त देवकोटा र आमा बसुन्धराका सुपुत्रका रूपमा वि.सं. १९८६ साल आश्विन २३ गते भएको हो। संवत् २०४५ साल आश्विन २८ गते आयोजित समारोहमा उनलाई ‘उत्सर्ग प्रेम’ नामक उपन्यास विधाको ग्रन्थको लागि ‘मदन पुरस्कार २०४४’ बाट सम्मानित गरिएको थियो।

नयराज पन्त

nayarajpanta

पुरस्कार मदन पुरस्कार २०४३
जन्म मिति वि.सं. १९७०—२०५९
पुरस्कार प्राप्त कृति लिच्छवि संवत्‌को निर्णय
परिचय
नयराज पन्तको जन्म बाबु कृष्णदत्त पन्त तथा आमा यज्ञयुवादेवीका सुपुत्रका रूपमा वि. सं. १९७० साउन २६ गते महाबौद्ध, काठमाडौंमा भएको थियो। उनको निधन २०५९ साल कात्तिक १८ गते भएको थियो। संवत् २०४४ साल आश्विन १० गते आयोजित समारोहमा उनलाई ‘लिच्छवि संवत्‌को निर्णय’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०४३’ बाट सम्मानित गरिएको थियो।

मोहनराज शर्मा

mohanrajsharma

पुरस्कार मदन पुरस्कार २०४२
जन्म मिति वि.सं. १९९७—२०७५
पुरस्कार प्राप्त कृति वैकुण्ठ एक्सप्रेस
परिचय
मोहनराज शर्मा धर्मस्थली, काठमाडौंमा वि.सं. १९९७ सालमा बाबु लोकनाथ शर्मा र आमा तारादेवी शर्माका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको निधन वि.स. २०७५ माघ १० गते भएको थियो। संवत् २०४३ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक) ग्रन्थको लागि ‘मदन पुरस्कार २०४२’ बाट सम्मानित गरिएको थियो।

कञ्चन पुडासैनी

kanchanpudasaini

पुरस्कार मदन पुरस्कार २०४१
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति प्रत्यागमन
परिचय
कञ्चन पुडासैनी बाबु चन्द्रशेखर पुडासैनी र आमा विष्णुमायाका सुपुत्रका रूपमा वि.सं. १९९३ साल, फागुन २९ गते गोठाटार, काठमाडौंमा जन्मेका हुन्। संवत् २०४२ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘प्रत्यागमन’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०४१’ बाट सम्मानित गरिएको थियो।

ध्रुवचन्द्र गौतम

dhurvachandra

पुरस्कार मदन पुरस्कार २०४०
जन्म मिति वि.सं. २००१
पुरस्कार प्राप्त कृति अलिखित
परिचय
डा. ध्रुवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि.सं. २००१ साल पुस २ गते वीरगञ्ज मा भएको हो। उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। संवत् २०४१ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘अलिखित’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०४०’ बाट सम्मानित गरिएको थियो।

मदनमणि दीक्षित

madanmani

पुरस्कार  मदन पुरस्कार २०३९
जन्म मिति वि.सं. १९७९—२०७६
पुरस्कार प्राप्त कृति माधवी
परिचय
मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा वि.सं. १९७९ फागुन ६ गतेका दिन भएको हो। उनको निधन वि.सं. २०७६ श्रावण ३० गते भएको थियो। संवत् २०४० साल आश्विन २५ गते आयोजित समारोहमा उनलाई ‘माधवी’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०३९’ बाट सम्मानित गरिएको थियो।

मोहन कोइराला

mohankoirala

पुरस्कार मदन पुरस्कार २०३८
जन्म मिति वि.सं. १९८३—२०६३
पुरस्कार प्राप्त कृति नदी किनाराका माझी
परिचय
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मङ्सिर १३ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। संवत् २०३९ साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘नदी किनाराका माझी’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०३८’ बाट सम्मानित गरिएको थियो।