मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०४७)

श्री बैरागी काइँलाको विद्वद्-प्रवचन

Download the PDF file .


२०४६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘नेपालका प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्‌को भूमिका’का स्रस्टा श्री राजेश गौतमको उद्गार

Download the PDF file .


२०४६ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री मदनकृष्ण श्रेष्ठ र श्री हरिवंश आचार्यको उद्गार

Download the PDF file .


गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन

Download the PDF file .


मदन पुरस्कार विजेताको परिचय

rajeshgautam

पुरस्कार मदन पुरस्कार २०४६
जन्म मिति वि.सं. २०१६
पुरस्कार प्राप्त कृति नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका
परिचय
डा. राजेश गौतमको जन्म बाबु बद्रीनाथ गौतम र आमा महाकाली गौतमका सुपुत्रका रूपमा वि.सं. २००७ साल आषाढमा ठमेल, काठमाडौँमा भएको हो। संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा-परिषद्‌को भूमिका’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०४६’ बाट सम्मानित गरिएको थियो।

जगदम्बाश्री पुरस्कार विजेताहरूको परिचय

madankrishna

पुरस्कार जगदम्बा-श्री २०४६
जन्म मिति वि.सं. २००७
परिचय
मदनकृष्ण श्रेष्ठको जन्म २००७ साल वैशाख ७ गते बाबु रामकृष्ण श्रेष्ठ र आमा लक्ष्मीदेवीका सुपुत्रका रूपमा जितपुर फेदी, काठमाडौंमा भएको हो। श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत  संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४६’ बाट सम्मानित गरिएको थियो।

haribansa

पुरस्कार जगदम्बा-श्री २०४६
जन्म मिति वि.सं. २०१५
परिचय
हरिवंश आचार्यको जन्म २०१५ सालमा गैह्रिधारा, टङ्गाल काठमाडौंमा बाबु होमञ्जय आचार्य र आमा गणेशकुमारीका सुपुत्रका रूपमा भएको हो। श्रव्य, दृश्य दुवै प्रकारले प्रहसनका माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेबापत  संवत् २०४७ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४६’ बाट सम्मानित गरिएको थियो।