जगदीशशमशेर राणा

jagdishsamaser

पुरस्कार मदन पुरस्कार २०३७
जन्म मिति वि.सं. १९८६—२०७४
पुरस्कार प्राप्त कृति नरसिंह अवतार
परिचय
जगदीशशमशेर राणाको जन्म वि.सं. १९८६ साल भाद्र ३ गते सिंहदरबार, काठमाडौंमा भएको हो। उनको निधन वि.सं. २०७४ आश्विन २३ गते भएको थियो। संवत् २०३८ साल आश्विन १६ गते आयोजित समारोहमा उनलाई ‘नरसिंह अवतार’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०३७’ बाट सम्मानित गरिएको थियो।

छविलाल गजुरेल

chhabilal

पुरस्कार मदन पुरस्कार २०३६
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति नेपालका परम्परागत प्रविधि
परिचय
डा. छविलाल गजुरेलको जन्म वि.सं. १९९६ (इ. १९३९) मा बाबु बालकृष्ण गजुरेल तथा आमा सविताका सुपुत्रका रूपमा कोटेश्वर, काठमाडौंमा भएको हो। संवत् २०३७ साल आश्विन २८ गते आयोजित समारोहमा उनलाई ‘नेपालका परम्परागत प्रविधि’ ग्रन्थको लागि ‘मदन पुरस्कार २०३६’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

ध. च. गोतामे

dhachagotame

पुरस्कार मदन पुरस्कार २०३५
जन्म मिति वि.सं. १९८९२०६३
पुरस्कार प्राप्त कृति घामका पाइलाहरू
परिचय
ध. च. गोतामे (धनुषचन्द्र गौतम) मनहराकट्टी गाउँ, महोत्तरी जिल्लामा बाबु गोविन्दचन्द्र गौतम तथा आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि.सं. १९८९ सालमा जन्मेका हुन्। उनको खास नाउँ धनुषचन्द्र गौतम हो। संवत् २०३६ साल आश्विन १० गते आयोजित समारोहमा उनलाई ‘घामका पाइलाहरू’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०३५’ बाट सम्मानित गरिएको थियो।

वासुदेव त्रिपाठी

basudevtripathi

पुरस्कार मदन पुरस्कार २०३४
जन्म मिति वि.सं. १९९९
पुरस्कार प्राप्त कृति लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन
परिचय
डा. वासुदेव त्रिपाठीको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको हो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। संवत् २०३५ साल कार्तिक २४ गते आयोजित समारोहमा उनलाई ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०३४’ बाट सम्मानित गरिएको थियो।

भवानी भिक्षु

bhavanibhichhu

पुरस्कार मदन पुरस्कार २०३२
जन्म मिति वि.सं. १९७१—२०३८
पुरस्कार प्राप्त कृति आगत
परिचय
भवानी भिक्षुको जन्म वि.सं. १९७१ जेठ २१ गते तौलिहवा, कपिलवस्तुमा भएको हो। उनको खास नाम भवानीप्रसाद गुप्ता हो। उनको निधन २०३८ साल वैशाख ४ गते काठमाडौंमा भयो। अवधि मातृभाषा भएर पनि नेपाली भाषा र साहित्यका वरिष्ठ साधकमात्र होइन उनी उत्कृष्ट लेखक पनि थिए। संवत् २०३३ साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘आगत’ उपन्यासको लागि साहित्य विधामा ‘मदन पुरस्कार २०३२’ बाट सम्मानित गरिएको थियो।

धनवज्र वज्राचार्य

dhanabajra

पुरस्कार मदन पुरस्कार २०३०
जन्म मिति वि.सं. १९८८—२०५१
पुरस्कार प्राप्त कृति लिच्छविकालका अभिलेख
परिचय
धनवज्र वज्राचार्यको जन्म बाबु दुर्गावज्र वज्राचार्य र आमा तीर्थकुमारीको सुपुत्रका रूपमा वि.सं. १९८८ सालमा काठमाडौंमा भएको थियो। संवत् २०३१ साल कार्तिक ३ गते आयोजित समारोहमा उनलाई ‘लिच्छविकालका अभिलेख’ नामक ग्रन्थका लागि दर्शन र विज्ञानतर्फको ‘मदन पुरस्कार २०३०’ बाट सम्मानित गरिएको थियो।

ईश्वरवल्लभ

iswarballav

पुरस्कार मदन पुरस्कार २०२९
जन्म मिति वि.सं. १९९४
पुरस्कार प्राप्त कृति आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्
परिचय
ईश्वरवल्लभको जन्म वि.सं. १९९४ साल असार १४ गते बाबु पण्डित मुरलीधर तथा आमा राममायाँका सुपुत्रका रूपमा काठमाडौंमा भएको हो। संवत् २०३० साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ शीर्षकको ग्रन्थका लागि साहित्यतर्फको ‘मदन पुरस्कार २०२९’ बाट सम्मानित गरिएको थियो।

प्रदीप रिमाल

pradiprimal

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं.१९९२
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
प्रदीप रिमालको जन्म वि.सं. १९९२ साल फागुन महिनामा लुभु, ललितपुरमा भएको हो। उनका बाबु दुर्गाप्रसाद रिमाल र आमा डिल्लीकुमारी हुन्। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

चूडामणि बन्धु

chudamani

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९९५
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
डा. चूडामणि बन्धु रहबास, चिर्तुङधारा, पाल्पामा वि.सं. १९९५ जेठ महिनामा बाबु डिल्लीराम रेग्मी र आमा हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन्। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

बिहारीकृष्ण श्रेष्ठ

biharikrishna

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
बिहारीकृष्ण श्रेष्ठ वि.सं. १९९३ साल श्रावण १० गतेका दिन प्याफल टोल, काठमाडौंमा जन्मेका हुन्। उनको बाबुको नाम रामकृष्ण श्रेष्ठ हो। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।