पुरस्कार | मदन पुरस्कार २०२८ |
जन्म मिति | वि.सं. १९९५ |
पुरस्कार प्राप्त कृति | कर्णाली लोक संस्कृति |
परिचय | |
स्थिरजंगबहादुर सिंहको जन्म बाबु मिनबहादुर सिंह र आमा बालादिव्येश्वरी सिंहका सुपुत्रका रूपमा वि.सं. १९९५ आश्विन १७ गते तमेल, बझाङमा भएको हो। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनीलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो। |
Archives
महानन्द सापकोटा
पुरस्कार | मदन पुरस्कार २०२७ |
जन्म मिति | वि.सं. १९५३—२०३५ |
पुरस्कार प्राप्त कृति | नेपाली निर्वचनको रूपरेखा |
परिचय | |
महानन्द सापकोटाको जन्म वि.सं. १९५३ साल वैशाख ३० गते देवन्छाप, इलाममा भएको हो। उनको निधन २०३५ सालमा भएको थियो। संवत् २०२८ साल आश्विन १७ गते आयोजित समारोहमा उनलाई ‘नेपाली निर्वचनको रूपरेखा’ नामक ग्रन्थका लागि दर्शन-विज्ञान विधामा ‘मदन पुरस्कार २०२७’ बाट सम्मानित गरिएको थियो। |
ताना सर्मा
पुरस्कार | मदन पुरस्कार २०२६ |
जन्म मिति | वि.सं. १९९१ |
पुरस्कार प्राप्त कृति | बेलाइततिर बरालिँदा |
परिचय | |
ताना सर्माको जन्म बाबु प्रजापति शर्मा र आमा देवकीका सुपुत्रका रूपमा खरबोट गाउँ, इलाम जिल्लामा १९९१ साल असार ९ गते भएको हो। उनको खास नाम तारानाथ उपाध्याय भण्डारी वा डा. तारानाथ शर्मा हो। ताना सर्मा उनको साहित्यिक नाउँ हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘बेलायततिर बरालिँदा’ नामक ग्रन्थको लागि साहित्य विधातर्फ ‘मदन पुरस्कार २०२६’ बाट सम्मानित गरिएको थियो। |
धर्मराज थापा
पुरस्कार | मदन पुरस्कार २०२५ | जगदम्बा-श्री २०५७ |
जन्म मिति | वि.सं. १९८१—२०७१ |
पुरस्कार प्राप्त कृति | मङ्गली कुसुम |
परिचय | |
जनकवि केशरी धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो। उनको मृत्यु वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वम्भुस्थित आफ्नै निवासमा भएको हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘मङ्गली कुसुम’ नामक ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२५’ बाट सम्मानित गरिएको थियो। साथै श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत संवत् २०५८ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५७’ पुरस्कारबाट सम्मानित गरिएको थियो। |
पारसमणि प्रधान
पुरस्कार | मदन पुरस्कार २०२५ |
जन्म मिति | वि.सं. १९५५—२०४३ |
पुरस्कार प्राप्त कृति | टिपन-टापन |
परिचय | |
पारसमणि प्रधानको जन्म १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जीलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। उनलाई ‘टिपन-टापन’ ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार २०२५’ बाट सम्मानित गरिएको थियो। सो पुरस्कार संवत् २०२६ साल चैत्र १३ गते दार्जिलिङमा आयोजित समारोहमा समर्पण गरिएको थियो। |
ग्रीष्मबहादुर देवकोटा
पुरस्कार | मदन पुरस्कार २०२४ |
जन्म मिति | वि.सं. १९७३—२०५१ |
पुरस्कार प्राप्त कृति | नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास |
परिचय | |
ग्रीष्मबहादुर देवकोटाको जन्म बाबु वसन्तकुमार देवकोटा तथा आमा आनन्द कुमारीका सुपुत्रका रूपमा नरदेवी, काठमाडौंमा भएको थियो। उनको निधन २०५१ सालमा भएको थियो। संवत् २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा उनलाई ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ नामक ग्रन्थका लागि सामाजिक शास्त्रतर्फको ‘मदन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको थियो। |
शंकर लामिछाने
पुरस्कार | मदन पुरस्कार २०२४ |
जन्म मिति | वि.सं. १९८४—२०३२ |
पुरस्कार प्राप्त कृति | एब्सट्र्याक्ट चिन्तन-प्याज |
परिचय | |
शंकर लामिछानेको जन्म वि.सं. १९८४ साल चैत्र महिनामा जैसीदेवल, काठमाडौंमा भएको थियो। उनको निधन ४६ वर्षको उमेरमा २०३२ सालमा काठमाडौंमा भएको थियो। संवत् २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा उनलाई ‘एब्स्ट्र्याक्ट चिन्तन-प्याज’ निबन्ध सङ्ग्रहको लागि गद्यतर्फको ‘मदन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको थियो। |
मोदनाथ प्रश्रित
पुरस्कार | मदन पुरस्कार २०२३ |
जन्म मिति | वि.सं. १९९९ |
पुरस्कार प्राप्त कृति | मानव महाकाव्य |
परिचय | |
मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। उनीलाई ‘मानव महाकाव्य’ ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो। |
उत्तम कुँवर
पुरस्कार | मदन पुरस्कार २०२३ |
जन्म मिति | वि.सं. १९९५—२०३९ |
पुरस्कार प्राप्त कृति | स्रष्टा र साहित्य |
परिचय | |
उत्तम कुँवरको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि.सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंमा भएको थियो। उनको निधन २०३९ साल साउन १५ गते काठमाडौंमा भयो। उनलाई ‘स्रष्टा र साहित्य’ शीर्षकको ग्रन्थको लागि ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो। |
पारिजात
पुरस्कार | मदन पुरस्कार २०२२ |
जन्म मिति | वि.सं. १९९४—२०५० |
पुरस्कार प्राप्त कृति | शिरीषको फूल |
परिचय | |
सुश्री पारिजात साहित्यिक नाम हो र उनको खास नाम विष्णुकुमारी वाइबा हो। वि.सं. १९९४ सालमा लिँगिया चिया बगान, दार्जिलिङ, भारतमा उनको जन्म भएको थियो। साहित्य साधना र सेवामा नै उनको जीवन बितेको थियो। ५६ वर्षको उमेरमा २०५० सालमा काठमाडौँमा उनको निधन भएको थियो। उनीलाई ‘शिरीषको फूल’ (उपन्यास) नामक ग्रन्थको लागि गद्यतर्फको ‘मदन पुरस्कार २०२२’ बाट सम्मानित गरिएको थियो। उनी मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला थिइन्। |