ताना सर्मा

tanasharma

पुरस्कार मदन पुरस्कार २०२६
जन्म मिति वि.सं. १९९१
पुरस्कार प्राप्त कृति बेलाइततिर बरालिँदा
परिचय
ताना सर्माको जन्म बाबु प्रजापति शर्मा र आमा देवकीका सुपुत्रका रूपमा खरबोट गाउँ, इलाम जिल्लामा १९९१ साल असार ९ गते भएको हो। उनको खास नाम तारानाथ उपाध्याय भण्डारी वा डा. तारानाथ शर्मा हो। ताना सर्मा उनको साहित्यिक नाउँ हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘बेलायततिर बरालिँदा’ नामक ग्रन्थको लागि साहित्य विधातर्फ ‘मदन पुरस्कार २०२६’ बाट सम्मानित गरिएको थियो।