शंकर लामिछाने

shankarlamichhane

पुरस्कार मदन पुरस्कार २०२४
जन्म मिति वि.सं. १९८४—२०३२
पुरस्कार प्राप्त कृति एब्सट्र्याक्ट चिन्तन-प्याज
परिचय
शंकर लामिछानेको जन्म वि.सं. १९८४ साल चैत्र महिनामा जैसीदेवल, काठमाडौंमा भएको थियो। उनको निधन ४६ वर्षको उमेरमा २०३२ सालमा काठमाडौंमा भएको थियो। संवत् २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा उनलाई ‘एब्स्ट्र्याक्ट चिन्तन-प्याज’ निबन्ध सङ्ग्रहको लागि गद्यतर्फको ‘मदन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको थियो।