पारिजात

parizat

पुरस्कार मदन पुरस्कार २०२२
जन्म मिति वि.सं. १९९४—२०५०
पुरस्कार प्राप्त कृति शिरीषको फूल
परिचय
सुश्री पारिजात साहित्यिक नाम हो र उनको खास नाम विष्णुकुमारी वाइबा हो। वि.सं. १९९४ सालमा लिँगिया चिया बगान, दार्जिलिङ, भारतमा उनको जन्म भएको थियो। साहित्य साधना र सेवामा नै उनको जीवन बितेको थियो। ५६ वर्षको उमेरमा २०५० सालमा काठमाडौँमा उनको निधन भएको थियो। उनीलाई ‘शिरीषको फूल’ (उपन्यास) नामक ग्रन्थको लागि गद्यतर्फको ‘मदन पुरस्कार २०२२’ बाट सम्मानित गरिएको थियो। उनी मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला थिइन्।