मोदनाथ प्रश्रित

modnath

पुरस्कार मदन पुरस्कार २०२३
जन्म मिति वि.सं. १९९९
पुरस्कार प्राप्त कृति मानव महाकाव्य
परिचय
मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। उनीलाई ‘मानव महाकाव्य’ ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो।