पारसमणि प्रधान

parasmani

 

पुरस्कार मदन पुरस्कार २०२५
जन्म मिति वि.सं. १९५५—२०४३
पुरस्कार प्राप्त कृति टिपन-टापन
परिचय
पारसमणि प्रधानको जन्म १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जीलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। उनी नेपाली साहित्यका ३ जना वरिष्ठ वाङ्मयसेवी सूधपामध्ये एक ‘पा’ नामले दार्जिलिङमा चिनिएका थिए। उनलाई ‘टिपन-टापन’ ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार २०२५’ बाट सम्मानित गरिएको थियो। सो पुरस्कार संवत् २०२६ साल चैत्र १३ गते दार्जिलिङमा आयोजित समारोहमा समर्पण गरिएको थियो।

Leave a Reply

Your email address will not be published.