मदन पुरस्कार समर्पण समारोह (वि.सं. २०२७)

२०२५ सालको मदन पुरस्कारद्वारा सम्मानित 'मङ्गली कुसुम'का स्रस्टा श्री धर्मराज थापा

२०२६ सालको मदन पुरस्कारद्वारा सम्मानित 'बेलाइततिर बरालिँदा'का स्रस्टा श्री ताना सर्मा


२०२५ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘मङ्गली कुसुम’का स्रस्टा श्री धर्मराज थापाको उद्गार

Download the PDF file .

२०२६ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘बेलाइततिर बरालिँदा’का स्रस्टा श्री ताना सर्माको उद्गार

Download the PDF file .


मदन पुरस्कार विजेताहरूको परिचय

tanasharma

पुरस्कार मदन पुरस्कार २०२६
जन्म मिति वि.सं. १९९१
पुरस्कार प्राप्त कृति बेलाइततिर बरालिँदा
परिचय
ताना सर्माको जन्म बाबु प्रजापति शर्मा र आमा देवकीका सुपुत्रका रूपमा खरबोट गाउँ, इलाम जिल्लामा १९९१ साल असार ९ गते भएको हो। उनको खास नाम तारानाथ उपाध्याय भण्डारी वा डा. तारानाथ शर्मा हो। ताना सर्मा उनको साहित्यिक नाउँ हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘बेलायततिर बरालिँदा’ नामक ग्रन्थको लागि साहित्य विधातर्फ ‘मदन पुरस्कार २०२६’ बाट सम्मानित गरिएको थियो।

dharmaraj

पुरस्कार मदन पुरस्कार २०२५ | जगदम्बा-श्री २०५७
जन्म मिति वि.सं. १९८१—२०७१
पुरस्कार प्राप्त कृति मङ्गली कुसुम
परिचय
जनकवि केशरी धर्मराज थापाको जन्म वि.सं. १९८१ साल श्रावण सङ्क्रान्तिका दिन बाबु हर्कबहादुर थापा र आमा मनमाया थापाका सुपुत्रका रूपमा बाटुलेचौर, पोखरा, कास्कीमा भएको हो। उनको मृत्यु वि.सं. २०७१ असोज २८ गते काठमाडौ स्वम्भुस्थित आफ्नै निवासमा भएको हो। संवत् २०२७ साल श्रावण १८ गते आयोजित समारोहमा उनलाई ‘मङ्गली कुसुम’ नामक ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२५’ बाट सम्मानित गरिएको थियो। साथै श्रव्य-पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्गमयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरेबापत  संवत् २०५८ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५७’ पुरस्कारबाट सम्मानित गरिएको थियो।