| पुरस्कार | जगदम्बा-श्री २०७६ |
| जन्म मिति | वि.सं. १९९५ |
| परिचय | |
| शान्ति ठटाल गायिका र नेपाली फिल्मको पहिलो महिला सङ्गीतकार हुन्। उनीले २०० भन्दा बढी गीतहरूमा सङ्गीत दिएकी छिन्। छ दशकदेखि नेपाली गीत-सङ्गीत क्षेत्रमा समर्पित रही गीत-सङ्गीत क्षेत्रको उन्नयनमा विशिष्ट योगदान पुर्याएबापत संवत् २०७७ साल कार्तिक २ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०७६’ बाट सम्मानित गरिएको थियो। | |

