पुरस्कार | मदन पुरस्कार २०१५ |
जन्म मिति | वि.सं. १९७२-२०४८ |
पुरस्कार प्राप्त कृति | उद्यान |
परिचय | |
गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौंमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उनलाई ‘उद्यान’ नामक ग्रन्थका लागि विज्ञानतर्फको ‘मदन पुरस्कार २०१५’ बाट सम्मानित गरिएको थियो। विशेष गरेर कृषि, पशुपालन, मत्स्यपालन र करेसासम्बन्धी विषयलाई व्यावसायिक रूपमा प्रचारप्रसार तथा बोध गराउन उनका पुस्तकहरूले ऐतिहासिक रूपमा मद्दत पुर्याएका छन्। |
Archives
कृष्णचन्द्रसिंह प्रधान
पुरस्कार | मदन पुरस्कार २०१५ |
जन्म मिति | वि.सं. १९८२ |
पुरस्कार प्राप्त कृति | कवि व्यथित र काव्यसाधना |
परिचय | |
कृष्णचन्द्रसिंह प्रधान नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन बाबु सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवीका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको घरमा बोलाउने नाम गोविन्दप्रसाद हो र साहित्यिक चिनारी कृष्णचन्द्रसिंह प्रधान हो। उनलाई ‘कवि व्यथित र काव्यसाधना’ नामक ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार २०१५’ बाट सम्मानित गरिएको थियो। |
करुणाकर वैद्य
पुरस्कार | मदन पुरस्कार २०१४ | मदन पुरस्कार २०३६ |
जन्म मिति | वि.सं. १९७१—२०४६ |
पुरस्कार प्राप्त कृति | मृत्तिका उद्योग | नेपालका परम्परागत प्रविधि |
परिचय | |
करुणाकर वैद्यको जन्म वि.सं. १९७१ को श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन २०४६ सालमा भएको थियो। उनलाई ‘मृत्तिका उद्योग’ नामक पुस्तकका लागि ‘मदन पुरस्कार २०१४’ र दोस्रोपटक ‘नेपालका परम्परागत प्रविधि’ नामक पुस्तकका लागि संयुक्तरूपमा ‘मदन पुरस्कार २०३६’ बाट सम्मानित गरिएको थियो। |
लीलाध्वज थापा
बलराम जोशी
पुरस्कार | मदन पुरस्कार २०१३ |
जन्म मिति | वि.सं. १९८७—२०५० |
पुरस्कार प्राप्त कृति | अधिकविभव स्थिरविद्युत् उत्पादक |
परिचय | |
बलराम जोशीको जन्म १९८७ साल कात्तिक शुक्ल पञ्चमीका दिन बाबु पिताम्बरप्रसाद पन्त र आमा दीपकुमारीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। उनलाई ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ नामक विज्ञानसम्बन्धी कृतिको लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो। |
चित्तरञ्जन नेपाली
पुरस्कार | मदन पुरस्कार २०१३ |
जन्म मिति | वि.सं. १९८८ |
पुरस्कार प्राप्त कृति | जनरल भीमसेन थापा |
परिचय | |
चित्तरञ्जन नेपालीको जन्म वि.सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। उनको खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो। |
सत्यमोहन जोशी
पुरस्कार | मदन पुरस्कार २०१३ | मदन पुरस्कार २०१७ | मदन पुरस्कार २०२८ |
जन्म मिति | वि.सं. १९७७ |
पुरस्कार प्राप्त कृति | हाम्रो लोक संस्कृति | नेपाली राष्ट्रिय मुद्रा | कर्णाली लोक संस्कृति |
परिचय | |
गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन्। उनलाई पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थको लागि गद्य विधामा ‘मदन पुरस्कार २०१३’, दोस्रोपटक ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१७’ र तेस्रोपटक ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थको लागि संयुक्त रूपमा ‘मदन पुरस्कार २०२८’ बाट सम्मानित गरिएको थियो। |