सत्यमोहन जोशी

satyamohan

पुरस्कार मदन पुरस्कार २०१३ | मदन पुरस्कार २०१७ | मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९७७
पुरस्कार प्राप्त कृति हाम्रो लोक संस्कृति | नेपाली राष्ट्रिय मुद्रा | कर्णाली लोक संस्कृति
परिचय
गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन्। उनलाई पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थको लागि गद्य विधामा ‘मदन पुरस्कार २०१३’, दोस्रोपटक ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१७’ र तेस्रोपटक ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थको लागि संयुक्त रूपमा ‘मदन पुरस्कार २०२८’ बाट सम्मानित गरिएको थियो।