भैरवबहादुर थापा

पुरस्कार जगदम्बा-श्री २०७७
जन्म मिति वि.सं. १९८९
परिचय
नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत् नृत्यक्षेत्रको उन्नयनमा समर्पित रहनुभएकामा श्री भैरवबहादुर थापाज्यूलाई २०७८ साल कार्तिक २४ गते आयोजित समारोहमा जगदम्बा-श्री २०७७ सम्मान पुरस्कार अर्पण गरिएको थियो।

भगिराज इङ्नाम

पुरस्कार मदन पुरस्कार २०७७
पुरस्कार प्राप्त कृति लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)
परिचय
संवत् २०७८ साल कार्तिक २४ गते आयोजित समारोहमा श्री भगिराज इङ्नामज्यूलाई ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)’ ग्रन्थका लागि मदन पुरस्कार २०७७ बाट सम्मानित गरिएको थियो।