अलि मियाँ

alimiya

पुरस्कार जगदम्बा-श्री २०६०
जन्म मिति वि.सं. १९७५—२०६३
परिचय
अलिमियाँको जन्म वि.सं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँढहर बजार, पोखरा, कास्कीमा भएको हो। उनको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत  संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६०’ बाट सम्मानित गरिएको थियो।

गोपाल पराजुली

gopal

पुरस्कार मदन पुरस्कार २०६०
जन्म मिति वि.सं. २००४
पुरस्कार प्राप्त कृति नयाँ ईश्वरको घोषणा
परिचय
गोपाल पराजुलीको जन्म बाबु जीवनाथ पराजुली र आमा थिर कुमारीका सुपुत्रका रूपमा वि.सं. २००४ साल पुस २ गते बुधबारका दिन कोटेश्वर, काठमाडौंमा भएको हो। उनको पूरा नाम गोपालप्रसाद पराजुली हो। संवत् २०६१ साल कार्तिक १ गते आयोजित समारोहमा उनलाई ‘नयाँ ईश्वरको घोषणा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६०’ बाट सम्मानित गरिएको थियो।