सूचना
गुठीबाट घोषणा गरिएका २०७४ सालका श्रेष्ठ ८ पुस्तकहरू
अन्तर्वार्ताका लागि विद्यार्थीहरूको सूची र अन्तर्वार्ता समय
सन् २०१७/१८ का निम्ति MBBS अध्ययनका लागि अन्तर्वार्तामा छनौट भएका विद्यार्थीहरू
मदन पुरस्कार गुठीको MBBS Fellowship 2018 छनौट परीक्षा सम्बन्धी सूचना
मदन पुरस्कार गुठीको MBBS Fellowship 2018 कार्यक्रमका निम्ति फाराम भर्नुहुने सम्पूर्ण विद्यार्थीहरूलाई असार १६ गते बिहान ९ बजे (जुन ३०) हुने छनौट परीक्षाका निम्ति Admit Card सहित उपस्थित हुन हार्दिक अनुरोध छ।
Admit Card वितरण हुने मिति र समय: असार १०-१२ (June 24-26), बिहान ११ देखि साँझ ४ बजेसम्म।
छनौट परीक्षा हुने मिति: २०७५ असार १६ गते शनिवार बिहान ९ बजे (June 30)
सम्पर्क स्थान: मदन पुरस्कार गुठीको कार्यालय, पाटन ढोका, ललितपुर।
फोन नं: ५५२१३९३
Email: info@mpp.org.np
[कृपया: SLC परीक्षाको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र वा अन्य प्रमाणपत्र बुझाउन बाँकी हुने विद्यार्थीले Admit Card लिने समयमा उक्त प्रमाणपत्रहरू बुझाउनुपर्नेछ।]
MBBS Fellowship 2018 – Call for Applications
Madan Puraskar Guthi invites applications from Nepali citizens for two MBBS Fellowships based in Kolkata, West Bengal, India
- RG Kar Medical College – 1 Seat
- Kolkata Medical College – 1 Seat
Eligibility for Application
- Minimum of 60% in Science (Biology) at + 2 Level or Equivalent
- Successful National-Eligibility-Cum-Entrance Test (NEET) score, conducted by the CBSE-NEET Board, India
- Eligibility Certificate for MBBS study from concerned authority in Nepal (if applicable)
Deadline for Application: 20 June, 2018
- Application Form can be downloaded from https://guthi.madanpuraskar.org/mbbs-form/
- A written test and interview will be conducted by Guthi to select the two candidates.
- This is not a scholarship scheme. Selected candidates will have to bear college fees and the cost of studying by themselves.
Madan Puraskar Guthi has been selecting two candidates for MBBS in Kolkata every year since 1956, and has produced 118 Nepali physicians so far.
Madan Puraskar Guthi
Patan Dhoka, Lalitpur, Nepal
Post Box No. 42
Phone No. 5521393, 5549948
Email: info@mpp.org.np
वि.सं. २०७३ को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!
गुठीबाट घोषणा गरिएका २०७३ सालका श्रेष्ठ ९ पुस्तकहरू
६८औं साधारण सभा
एम.बी.बी.एस. भर्ना छनौट कार्यक्रम स्थगित गरिएको सम्बन्धमा।
मदन पुरस्कार गुठीले सन् १९५५ देखि भारतको पश्चिम बंगालस्थित कोलकाताका ‘कोलकाता मेडिकल कलेज’ र ‘आर.जी.कार मेडिकल कलेज’मा एम.बी.बी.एस.का लागि भर्ना हुने विद्यार्थीहरू छनौट गर्दै आएको छ। रानी जगदम्बा कुमारी देवीको पहलमा शुरू भएको यस सहकार्य अन्तर्गत हालसम्म कूल ११८ जना नेपाली नागरिकहरू योग्य चिकित्सकका रूपमा आ-आफ्नो कार्यक्षेत्रमा कार्यरत हुनुहुन्छ।
तर, भारतको सर्वोच्च अदालतद्वारा मिति अप्रिल २८, २०१६ मा भएको निर्णय अनुसार भारतका मेडिकल कलेजहरूमा भर्नाका लागि NATIONAL ELIGIBILITY CUM ENTRANCE TEST (NEET) उत्तीर्ण गर्नुपर्ने अनिवार्य व्यवस्था गरेकाले यस वर्ष २०७३ का लागि छनौट भएका दुई विद्यार्थीहरूले हालसम्म भर्ना पाउनु भएको छैन। गुठी हाल देखा परेको यो अप्रत्यासित घटनाप्रति चिन्तित छ र समस्या समाधानका निम्ति आवश्यक पहलका निम्ति अग्रसर छ।
यसै अन्यौललाई मध्यनजर राख्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आगामी वर्षका निम्ति हुने भर्ना छनौट प्रकृयाका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगित गरिएको छ।
मदन पुरस्कार गुठी