एम.बी.बी.एस. भर्ना छनौट कार्यक्रम स्थगित गरिएको सम्बन्धमा।

मदन पुरस्कार गुठीले सन् १९५५ देखि भारतको पश्चिम बंगालस्थित कोलकाताका ‘कोलकाता मेडिकल कलेज’ र ‘आर.जी.कार मेडिकल कलेज’मा एम.बी.बी.एस.का लागि भर्ना हुने विद्यार्थीहरू छनौट गर्दै आएको छ। रानी जगदम्बा कुमारी देवीको पहलमा शुरू भएको यस सहकार्य अन्तर्गत हालसम्म कूल ११८ जना नेपाली नागरिकहरू योग्य चिकित्सकका रूपमा आ-आफ्नो कार्यक्षेत्रमा कार्यरत हुनुहुन्छ।

तर, भारतको सर्वोच्च अदालतद्वारा मिति अप्रिल २८, २०१६ मा भएको निर्णय अनुसार भारतका मेडिकल कलेजहरूमा भर्नाका लागि NATIONAL ELIGIBILITY CUM ENTRANCE TEST (NEET) उत्तीर्ण गर्नुपर्ने अनिवार्य व्यवस्था गरेकाले यस वर्ष २०७३ का लागि छनौट भएका दुई विद्यार्थीहरूले हालसम्म भर्ना पाउनु भएको छैन। गुठी हाल देखा परेको यो अप्रत्यासित घटनाप्रति चिन्तित छ र समस्या समाधानका निम्ति आवश्यक पहलका निम्ति अग्रसर छ।

यसै अन्यौललाई मध्यनजर राख्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि आगामी वर्षका निम्ति हुने भर्ना छनौट प्रकृयाका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगित गरिएको छ।

मदन पुरस्कार गुठी