पुरस्कार | जगदम्बा-श्री २०६८ |
स्थापना मिति | वि.सं. २००९ |
परिचय | |
संशोधन मण्डल विद्वान नयराज पन्तले स्थापना गरेको संस्था हो। इतिहासका त्रुटि र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने कामका लागि यसको स्थापना वि.सं. २००९ साल असोज ५ गते भएको हो। गत छ दशकभन्दा बढी समयदेखि नेपाली इतिहास र संस्कृतिका अतिरिक्त ज्योतिष, गणित, व्याकरण र साहित्यका फाँटमा गुरूकुलीय संगठित र संस्थागत प्रयासबाट प्रमाणिक अनुसन्धान गरी तिनको प्रकाशन तथा प्रचारका लागि ‘पूर्णिमा’ पत्रिकाको निरन्तर प्रकाशन गरेर नेपाली वाङ्मयको सेवार र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरिरहे बापत संवत् २०६९ साल आश्विन २१ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०६८’ बाट सम्मानित गरिएको थियो। |
Archives
अमर न्यौपाने
पुरस्कार | मदन पुरस्कार २०६८ |
जन्म मिति | वि.सं. २०३४ |
पुरस्कार प्राप्त कृति | सेतो धरती |
परिचय | |
अमर न्यौपानेको जन्म २०३४ साल चैतमा पिता एकनाथ न्यौपाने र माता हरिमाया न्यौपानेका दोस्रो सन्तानका रूपमा चितवनको रंगीला (हाल, पटिहानी–७ व्रम्हपुरी, चितवन) भन्ने ठाउँमा भएको हो। संवत् २०६९ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘सेतो धरती’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०६८’ बाट सम्मानित गरिएको थियो। |