अम्बर गुरुङ

ambargurung

पुरस्कार जगदम्बा-श्री २०५४
जन्म मिति वि.सं. १९९४—२०७३
परिचय
अम्बर गुरूङको जन्म बाबु उजिरसिंह गुरूङ र आमा रणुकादेवीका सुपुत्रका रूपमा वि.सं. १९९४ साल फागुन १४ गते लालढिकी, दार्जीलिङमा भएको हो। विगत चार देशक यता सङ्गीत-साधनामा निरन्तर लगनशील रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धि गर्न सशक्त योगदान गरेबापत  संवत् २०५५ साल माघ ८ गते आयोजित दोस्रो चरणको समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५४’ बाट सम्मानित गरिएको थियो।

लोकेन्द्रबहादुर चन्द

lokendra

पुरस्कार मदन पुरस्कार २०५४
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति विसर्जन
परिचय
लोकेन्द्रबहादुर चन्दको जन्म बाबु महावीर चन्द र आमा श्रीमती लक्ष्मीदेवीका सुपुत्रका रूपमा वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, बैतडीमा भएको हो। संवत् २०५५ साल आश्विन ३१ गते आयोजित समारोहमा उनलाई ‘विसर्जन’ (कथासङ्ग्रह) नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५४’ बाट सम्मानित गरिएको थियो।