नेपाली साहित्य सम्मेलन, दार्जीलिङ

nepali-sahitya-sammelan

पुरस्कार जगदम्बा-श्री २०४९
स्थापना मिति वि.सं. १९८१
परिचय
नेपाली साहित्य सम्मेलनको स्थापना दार्जीलिङ, भारतमा वि.सं. १९८१ मा भएको हो। स्थापनाकालमा यसको मूल उद्देश्य नेपाली भाषा-साहित्यको सेवा र विकास गर्नु थियो। स्थापनाकाल विक्रम संवत् १९८१ देखि नै नेपाली भाषा र साहित्यको संरक्षण, प्रवर्ध्दन र श्रीवृद्धिका निमित्त अनवरत क्रियाशील रही असाधारण संस्थागत योगदान गरेबापत  संवत् २०५० साल कार्तिक ४ गते आयोजित समारोहमा उक्त संस्थालाई ‘जगदम्बा-श्री २०४९’ बाट सम्मानित गरिएको थियो।

भवेश्वर पंगेनी

bhaveshwor

पुरस्कार मदन पुरस्कार २०४९
जन्म मिति वि.सं. २०१२
पुरस्कार प्राप्त कृति पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७)
परिचय
डा. भवेश्वर पंगेनीको जन्म बाबु पं. मेदिनीबल्लभ पंगेनी र आमा बेलकुमारीका सुपुत्रका रूपमा वि.सं. २०१२ साल भदौ २७ गते बिहीबारको दिन मदनपोखरा गाउँ विकास समिति, पाल्पा जिल्लामा भएको हो। संवत् २०५० साल कार्तिक ४ गते आयोजित समारोहमा उनलाई ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७)’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०४९’ बाट सम्मानित गरिएको थियो।