प्रदीप रिमाल

pradiprimal

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं.१९९२
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
प्रदीप रिमालको जन्म वि.सं. १९९२ साल फागुन महिनामा लुभु, ललितपुरमा भएको हो। उनका बाबु दुर्गाप्रसाद रिमाल र आमा डिल्लीकुमारी हुन्। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

चूडामणि बन्धु

chudamani

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९९५
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
डा. चूडामणि बन्धु रहबास, चिर्तुङधारा, पाल्पामा वि.सं. १९९५ जेठ महिनामा बाबु डिल्लीराम रेग्मी र आमा हरिप्रिया देवीका सुपुत्रका रूपमा जन्मेका हुन्। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

बिहारीकृष्ण श्रेष्ठ

biharikrishna

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९९३
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
बिहारीकृष्ण श्रेष्ठ वि.सं. १९९३ साल श्रावण १० गतेका दिन प्याफल टोल, काठमाडौंमा जन्मेका हुन्। उनको बाबुको नाम रामकृष्ण श्रेष्ठ हो। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

स्थिरजङ्गबहादुर सिंह

sthirjunga

पुरस्कार मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९९५
पुरस्कार प्राप्त कृति कर्णाली लोक संस्कृति
परिचय
स्थिरजंगबहादुर सिंहको जन्म बाबु मिनबहादुर सिंह र आमा बालादिव्येश्वरी सिंहका सुपुत्रका रूपमा वि.सं. १९९५ आश्विन १७ गते तमेल, बझाङमा भएको हो। संवत् २०२९ साल कार्तिक १९ गते आयोजित समारोहमा उनीलाई ‘कर्णाली लोक संस्कृति’ भन्ने ग्रन्थको लागि दर्शन विज्ञानतर्फको ‘मदन पुरस्कार २०२८’ बाट संयुक्तरूपमा सम्मानित गरिएको थियो।

सत्यमोहन जोशी

satyamohan

पुरस्कार मदन पुरस्कार २०१३ | मदन पुरस्कार २०१७ | मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९७७
पुरस्कार प्राप्त कृति हाम्रो लोक संस्कृति | नेपाली राष्ट्रिय मुद्रा | कर्णाली लोक संस्कृति
परिचय
गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन्। उनलाई पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थको लागि गद्य विधामा ‘मदन पुरस्कार २०१३’, दोस्रोपटक ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१७’ र तेस्रोपटक ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थको लागि संयुक्त रूपमा ‘मदन पुरस्कार २०२८’ बाट सम्मानित गरिएको थियो।