| पुरस्कार | मदन पुरस्कार २०२३ |
| जन्म मिति | वि.सं. १९९९ |
| पुरस्कार प्राप्त कृति | मानव महाकाव्य |
| परिचय | |
| मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। उनीलाई ‘मानव महाकाव्य’ ग्रन्थको लागि पद्य विधामा ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो। | |
Archives
उत्तम कुँवर
| पुरस्कार | मदन पुरस्कार २०२३ |
| जन्म मिति | वि.सं. १९९५—२०३९ |
| पुरस्कार प्राप्त कृति | स्रष्टा र साहित्य |
| परिचय | |
| उत्तम कुँवरको जन्म बाबु जङ्गबहादुर कुँवर र आमा भगवतीका सुपुत्रका रूपमा वि.सं. १९९५ साल जेठ १२ गते क्षेत्रपाटी, काठमाडौंमा भएको थियो। उनको निधन २०३९ साल साउन १५ गते काठमाडौंमा भयो। उनलाई ‘स्रष्टा र साहित्य’ शीर्षकको ग्रन्थको लागि ‘मदन पुरस्कार २०२३’ बाट सम्मानित गरिएको थियो। | |


