बलराम जोशी

balram

पुरस्कार मदन पुरस्कार २०१३
जन्म मिति वि.सं. १९८७२०५०
पुरस्कार प्राप्त कृति अधिकविभव स्थिरविद्युत् उत्पादक
परिचय
बलराम जोशीको जन्म १९८७ साल कात्तिक शुक्ल पञ्चमीका दिन बाबु पिताम्बरप्रसाद पन्त र आमा दीपकुमारीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। उनलाई ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ नामक विज्ञानसम्बन्धी कृतिको लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो।

चित्तरञ्जन नेपाली

chittaranjan

पुरस्कार मदन पुरस्कार २०१३
जन्म मिति वि.सं. १९८८
पुरस्कार प्राप्त कृति जनरल भीमसेन थापा
परिचय
चित्तरञ्जन नेपालीको जन्म वि.सं. १९८८ साल श्रावण १० गते शनिवारका दिन बाबु मेदिनीप्रसाद राजभण्डारी र आमा कालीनानीका सुपुत्रका रूपमा न्हैकन्तला टोल, काठमाडौंमा भएको हो। उनको  खास नाउँ नारायणप्रसाद राजभण्डारी हो। उनलाई सामाजिक शास्त्र (विधा) विषयमा ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१३’ बाट सम्मानित गरिएको थियो।

सत्यमोहन जोशी

satyamohan

पुरस्कार मदन पुरस्कार २०१३ | मदन पुरस्कार २०१७ | मदन पुरस्कार २०२८
जन्म मिति वि.सं. १९७७
पुरस्कार प्राप्त कृति हाम्रो लोक संस्कृति | नेपाली राष्ट्रिय मुद्रा | कर्णाली लोक संस्कृति
परिचय
गद्य तर्फ मदन पुरस्कारद्वारा सम्मानित सत्यमोहन जोशी बाबु शंकरदास (शंकरराज) जोशी र आमा राजकुमारी (नोगलदेवी)का सुपुत्रका रूपमा १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मेका हुन्। उनलाई पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ नामक ग्रन्थको लागि गद्य विधामा ‘मदन पुरस्कार २०१३’, दोस्रोपटक ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०१७’ र तेस्रोपटक ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थको लागि संयुक्त रूपमा ‘मदन पुरस्कार २०२८’ बाट सम्मानित गरिएको थियो।