कृष्णप्रसाद पराजुली

पुरस्कार जगदम्बा-श्री २०६४
जन्म मिति वि.सं. १९९२—२०७०
परिचय
कृष्णप्रसाद पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गते काभ्रेपलाञ्चोकको भ्रमरकोटमा भएको हो। उनले साहित्यरत्न पूरा गरेका थिए र लामो समय प्राध्यापन गरेका थिए। उनको वि.सं. २०७० चैत्र २० गते ७९ बर्षको उमेरमा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भयो। व्याकरण, गीत, कविता, बालसाहित्य तथा संस्कृति लगायत विविध विधामा अनेकानेक ग्रन्थको सिर्जना गरी नेपाली भाषा वाङ्मयको सेवा गरिरहे बापत  संवत् २०६५ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६४’ बाट सम्मानित गरिएको थियो।