मदन पुरस्कारका लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गर्ने निर्णय

Press Release_Madan Puraskar Guthi_sm

मिति २०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले आगामी २०७२ सालदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी १० (दश) ओटा पुस्तकको “श्रेष्ठ सूची” तयार गर्ने र ती पुस्तकहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।

वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी “श्रेष्ठ” १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।

मदन पुरस्कार गुठी