मदन पुरस्कारका लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गर्ने निर्णय

Press Release_Madan Puraskar Guthi_sm

मिति २०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले आगामी २०७२ सालदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी १० (दश) ओटा पुस्तकको “श्रेष्ठ सूची” तयार गर्ने र ती पुस्तकहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।

वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी “श्रेष्ठ” १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।

मदन पुरस्कार गुठी

वि.सं. २०७० को मदन पुरस्कार तथा जगदम्बा-श्री को घोषणा!

यही भदौ २९ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०७० सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ। सोही साधारण सभाले २०७० सालको पुरस्कार जगदम्बा-श्री ” नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहे बापत्” श्री शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गर्‍यो।

त्यसैगरी २०७० सालको मदन पुरस्कार “खलङ्गामा हमला- एउटी नर्सको डायरी” का लागि श्री राधा पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ।

२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँका सम्झना स्वरूप पुरस्कार जगदम्बा-श्री थप गरेको हो। हाल दुवै पुरस्कार २/२ लाख रूपैयाँका छन्।

यी पुरस्कारहरु अब आउँदो नौरथामा वितरण गरिनेछन्।

मदन पुरस्कार गुठी यस समाचारलाई यथाशीघ्र प्रचार-प्रसार गरियोस् भन्ने हार्दिक अपिल गर्दछ।