गुठीका अध्यक्षद्वारा स्वागत भाषण
श्री मदनमणि दीक्षितको विद्वद्-प्रवचन
२०५२ सालको मदन पुरस्कारद्वारा सम्मानित ‘योजन गन्धा’का स्रस्टा श्री विनोदप्रसाद धितालको उद्गार
२०५२ सालको पुरस्कार जगदम्बा-श्रीद्वारा सम्मानित श्री हरिप्रसाद “गोर्खा” राईको उद्गार
गुठीका सदस्य सचिवको धन्यवाद ज्ञापन
मदन पुरस्कार विजेताको परिचय
पुरस्कार | मदन पुरस्कार २०५२ |
जन्म मिति | वि.सं. १९८०—२०६४ |
पुरस्कार प्राप्त कृति | योजनगन्धा |
परिचय | |
विनोदप्रसाद धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘योजनगन्धा’ नामक पौराणिक उपन्यास ग्रन्थका लागि ‘मदन पुरस्कार २०५२’ बाट सम्मानित गरिएको थियो। |
जगदम्बाश्री पुरस्कार विजेताको परिचय
पुरस्कार | जगदम्बा-श्री २०५२ |
जन्म मिति | वि.सं. १९७१—२०६२ |
परिचय | |
हरिप्रसाद ‘गोर्खा’ राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्याण्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोबेम्बर १४ मा भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्ध्दनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरेबापत संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५२’ बाट सम्मानित गरिएको थियो। |