बैरागी काइँला

पुरस्कार जगदम्बा-श्री २०७५
जन्म मिति वि.सं. १९९६
परिचय
कवि बैरागी काइँलाज्यू (तील विक्रम नेम्बाङ) तेस्रो आयाम साहित्य अभियानका प्रारम्भकर्ता मध्येका हुन्। उनको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि.सं. १९९६ साउन २५ गतेका दिन भएको थियो। लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन-अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान गरेबापत  संवत् २०७६ साल आश्विन ३ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७५’ बाट सम्मानित गरिएको थियो।

योगेश राज

पुरस्कार मदन पुरस्कार २०७५
पुरस्कार प्राप्त कृति रणहार
परिचय
संवत् २०७६ साल आश्विन ३ गते आयोजित समारोहमा योगेश राजलाई ‘रणहार’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०७५’ बाट सम्मानित गरिएको थियो।