दुर्गा बराल (वात्स्यायन)

Durga Baral

पुरस्कार जगदम्बा-श्री २०७३
जन्म मिति वि.सं. २०००?
परिचय
वात्स्यायनको उपनाम बाट बिख्यात दुर्गा बराल कार्टुनकलामा लोकप्रिय स्रष्टा हुन्। समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत  संवत् २०७४ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७३’ बाट सम्मानित गरिएको थियो।

घनश्याम कँडेल

Ghanashyam Kandel

पुरस्कार मदन पुरस्कार २०७३
पुरस्कार प्राप्त कृति धृतराष्ट्र
परिचय
कवि घनश्याम कँडेलले ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०), ‘विश्वामित्र-मेनका’ (२०६६), ‘धृतराष्ट्र’ (२०७३) जस्ता खण्डकाव्यहरू प्रकाशन गरेका छन्। संवत् २०७४ साल आश्विन ६ गते आयोजित समारोहमा उनलाई ‘धृतराष्ट्र’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७३’ बाट सम्मानित गरिएको थियो।