विजय कुमार

Vijay Kumar

पुरस्कार मदन पुरस्कार २०७१
पुरस्कार प्राप्त कृति खुसी
परिचय
विजयकुमार पाण्डेको जन्म सुदूरपश्चिमाञ्चल विकास क्षेत्रकोको बैतडी जिल्लामा भएको हो। संवत् २०७२ साल मंसिर १२ गते आयोजित समारोहमा उनलाई ‘खुसी’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७१’ बाट सम्मानित गरिएको थियो।

अङ्गूरबाबा जोशी

पुरस्कार जगदम्बा-श्री २०७१
जन्म मिति वि.सं. १९८९—२०७७
परिचय
अङ्गूरबाबा जोशीको जन्म वि.सं. १९८९ सालमा काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनी नेपाली नारीशिक्षा र उत्थानमा समर्पित रहेर नेपालको राजनीति, समाजसेवा र शिक्षाक्षेत्रमा पनि परिचित व्यक्ति हुन्। नेपालमा नारी शिक्षाको प्रचार-प्रसार एवं प्रवर्द्धनका साथै नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर दीर्घसाधना गरी उल्लेख्य योगदान पुर्याइरहे बापत संवत् २०७२ साल मंसिर १२ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०७१’ बाट सम्मानित गरिएको थियो।