राजन मुकारुङ

Rajan-Mukarung

पुरस्कार मदन पुरस्कार २०६९
जन्म मिति वि.सं. २०३१
पुरस्कार प्राप्त कृति दमिनी भीर
परिचय
राजन मुकारुङ नेपाली साहित्यकार हुन्। भोजपुरको दिल्पा, नागी (हाल, टेम्केमैयुङ गाउँपालिका–४) मा जन्मेका मुकारुङका हेत्छाकुप्पा उपन्यास, दमिनी भीर उपन्यास आदि कृति प्रकाशित भएका छन्। संवत् २०७० साल आश्विन २० गते आयोजित समारोहमा उनलाई ‘दमिनी भीर’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६९’ बाट सम्मानित गरिएको थियो।

रत्नशमशेर थापा

पुरस्कार जगदम्बा-श्री २०६९
जन्म मिति वि.सं. १९९४?—२०७७
परिचय
गत पाँच दशकदेखि नेपाली गीत र कविता लेखनमा निरन्तर लागेर नेपाली भाषाको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान गरिरहे बापत  संवत् २०७० साल आश्विन २० गते आयोजित समारोहमा रत्नशमशेर थापालाई ‘जगदम्बा-श्री २०६९’ बाट सम्मानित गरिएको थियो।