पुरस्कार | जगदम्बा-श्री २०६५ |
जन्म मिति | वि.सं. १९९४ |
परिचय | |
रामशरण दर्नालको जन्म वि.सं. १९९४ असार २७ गते पिता सत्यकुमार दर्नाल र माता दिलकुमारी दर्नालका सुपुत्रका रूपमा धोबीचौर, काठमाडौंमा भएको हो। लोकसङ्गीत तथा संस्कृतिविद् दर्नाल सङ्गीतसम्बन्धी अध्ययन-अनुसन्धानका विशिष्ट अभियन्ता हुन्। लोकसङ्गीत र बाजाको सङ्कलन, अध्ययन अनुसन्धान तथा लेखनका माध्यमबाट गत तीन दशकदेखि अनवरत रूपमा कार्यरत रही नेपाली भाषाको श्रीवृद्धिमा योगदान गरिरहे बापत संवत् २०६६ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६५’ बाट सम्मानित गरिएको थियो। |
Archives
युवराज नयाँघरे
पुरस्कार | मदन पुरस्कार २०६५ |
जन्म मिति | वि.सं. २०२६ |
पुरस्कार प्राप्त कृति | एक हातको ताली |
परिचय | |
युवराज नयाँघरेको जन्म २०२६ साल असोज १९ गते इलाममा भएको हो। संवत् २०६६ साल आश्विन ५ गते आयोजित समारोहमा उनलाई ‘एक हातको ताली’ निबन्ध संग्रहका लागि ‘मदन पुरस्कार २०६५’ बाट सम्मानित गरिएको थियो। |