गोविन्दबहादुर मल्ल ‘गोठाले’

govindabahadur

पुरस्कार जगदम्बा-श्री २०५५
जन्म मिति वि.सं. १९७९—२०६७
परिचय
गोविन्दबहादुर मल्ल ‘गोठाले’को जन्म वि.सं. १९७९ साल अषाढ २९ गते बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमायाको सुपुत्रका रूपमा ओमबहाल, काठमाडौंमा भएको हो। नेपाली भाषा-साहित्यका विविध विधामा खास गरेर कथा, नाटक र उपन्यासमा गत पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत  संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५५’ बाट सम्मानित गरिएको थियो।

केशवप्रसाद उपाध्याय

keshav

पुरस्कार मदन पुरस्कार २०५५
जन्म मिति वि.सं. १९९०
पुरस्कार प्राप्त कृति दुःखान्त नाटकको सृजना परम्परा
परिचय
डा. केशवप्रसाद उपाध्यायको जन्म वि.सं. १९९० पौष १७ गते चण्डी टोल, मकवानपुर गढीमा भएको हो। उनको वास्तविक नाम धनराज घिमिरे हो। संवत् २०५६ साल आश्विन २६ गते आयोजित समारोहमा उनलाई ‘दुःखान्त नाटकको सृजना परम्परा’ नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०५५’ बाट सम्मानित गरिएको थियो।