पुरस्कार | जगदम्बा-श्री २०५२ |
जन्म मिति | वि.सं. १९७१—२०६२ |
परिचय | |
हरिप्रसाद ‘गोर्खा’ राईको जन्म बाबु धनराज राई र आमा यशोदा राईका सुपुत्रका रूपमा कोहिमा, नागाल्याण्ड, भारतमा सन् १९१४ जुलाई १५ तारिखका दिन भएको हो। उनको निधन ९२ वर्षको उमेरमा सन् २००५ नोबेम्बर १४ मा भएको थियो। विगत ६ दशकभन्दा बढी समयदेखि अविच्छिन्न रूपले नेपाली भाषा र साहित्यको संवर्ध्दनका निमित्त विभिन्न माध्यमबाट उल्लेखनीय सेवा प्रदान गरेबापत संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०५२’ बाट सम्मानित गरिएको थियो। |
Archives
विनोदप्रसाद धिताल
पुरस्कार | मदन पुरस्कार २०५२ |
जन्म मिति | वि.सं. १९८०—२०६४ |
पुरस्कार प्राप्त कृति | योजनगन्धा |
परिचय | |
विनोदप्रसाद धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। संवत् २०५३ साल कार्तिक २ गते आयोजित समारोहमा उनलाई ‘योजनगन्धा’ नामक पौराणिक उपन्यास ग्रन्थका लागि ‘मदन पुरस्कार २०५२’ बाट सम्मानित गरिएको थियो। |