केदारमान व्यथित

kedarman

पुरस्कार जगदम्बा-श्री २०४८
जन्म मिति वि.सं. १९७१—२०५५
परिचय
केदारमान व्यथितको जन्म बाबु सूर्यमान श्रेष्ठ र आमा पद्‍मकुमारीका सुपुत्रका रूपमा बाँसबारी, बनाउने पाटी, सिन्धुपाल्चोकमा वि.सं. १९७१ साल कात्तिक महिनामा भएको हो। उनको निधन वि.सं. २०५५ साल भाद्र २५ गतेका दिन भयो। उत्कृष्ट काव्य-कृति र विभिन्न संस्थागत माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति आधा शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा सृजनशील र क्रियाशील रही नेपाली भाषा र साहित्यको प्रतिष्ठा बढाएबापत  संवत् २०४९ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०४८’ बाट सम्मानित गरिएको थियो।

सरूभक्त

sarubhakta

पुरस्कार मदन पुरस्कार २०४८
जन्म मिति वि.सं. २०१२
पुरस्कार प्राप्त कृति पागलबस्ती
परिचय
सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बाबु गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। संवत् २०४९ साल आश्विन १५ गते आयोजित समारोहमा उनलाई ‘पागलबस्ती’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०४८’ बाट सम्मानित गरिएको थियो।