नयराज पन्त

nayarajpanta

पुरस्कार मदन पुरस्कार २०४३
जन्म मिति वि.सं. १९७०—२०५९
पुरस्कार प्राप्त कृति लिच्छवि संवत्‌को निर्णय
परिचय
नयराज पन्तको जन्म बाबु कृष्णदत्त पन्त तथा आमा यज्ञयुवादेवीका सुपुत्रका रूपमा वि. सं. १९७० साउन २६ गते महाबौद्ध, काठमाडौंमा भएको थियो। उनको निधन २०५९ साल कात्तिक १८ गते भएको थियो। संवत् २०४४ साल आश्विन १० गते आयोजित समारोहमा उनलाई ‘लिच्छवि संवत्‌को निर्णय’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०४३’ बाट सम्मानित गरिएको थियो।